जेठ १३ काठमण्डौ , सोलुखुम्बु थामे टेस्योका ङिमा नुरु शेर्पाले २१ औं पटक सगरमाथाको सफल आरोहण गरेको छ । ३७ बर्षीय शेर्पाले कम उमेरमै २१ औं पटक आरोहण गरी कीर्तिमान कायम गरि सकेका छन । ङिमा नुरु शेर्पाले २०७५ जेठ २ गते बिहान सढे ५ बजे चुचुरोमा पुगेका थिए ।
२०५७ सालमा पहिलो पटक सगरमाथा आरोहण गरेका ङिमा नुरु शेर्पाले नेपाल बाट नौ पटक र तिब्बत बाट १२ पटक सफल आरोहण गरी सकेका छन । तिब्बत साइड बाट सफल आरोहण गरी शेर्पा जेठ १२ गते काठमण्डौं आई पुगेका थियो । शेर्पालाई काठमण्डौं कापनमा खुशी सटासट गर्दै आफन्ताजनले सागुन सहित स्वागत गरेका थियो ।
हिमाल आरोहण क्षेत्रमा कम उमेरमा ङिमा नुरु शेर्पाले २१ पटक, सोलु खुम्बु थामेका कामी।िता शेर्पाले २२ पटक, सोलु खुम्बु ठामोका आङ रिता शेर्पाले बिना अक्सिजन १० औं पटक सगरमाथाको आरोहण गरी बिश्वकीर्तिमान कायम गरि सकेका छन ।


सबै समाचारहरु