६ असोज, धनुषा । काङ्ग्रेस र माओवादीको गठबन्धन भएको धनुषाको मिथिला नगरपालिका प्रमुख र उपप्रमुखमा एमालेले जित हासिल गरेको छ । शुक्रबार राति सम्पन्न मतगणनामा एमालेका मेयर उम्मेदवार हरिनारायण महतोले ६७४० मत पाए भने निकटमत प्रतिस्पर्धी कांग्रेसका राजकुमार महतोले ५१७८ मत पाए ।त्यस्तै उपमेयरमा पनि एमालेकै ताराकुमारी बस्नेत ६६६५ मतसहित विजयी भइन् ।

उनका निकटतम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका मीनबहादुर जर्घामगरले ६३३८ मत पाए ।धनुषामा एमालेको यो चौथो जित हो । यसअघि मिथिला बिहारी, बाटेश्वर र मुखियापट्टीमा एमालेले जित आत्मसाथ गरेको थियो ।


सबै समाचारहरु