७ असोज, काठमाडौं , केही समययता बौद्ध गुम्बा तथा धार्मिक स्थल सम्बन्धी प्रकाशित समाचार प्रति असन्तुष्टि जनाउँदै नेपाल बौद्ध महासंघले ध्यानाकर्षण जनाएको छ । बौद्ध धार्मिक स्थलभित्र विविध क्रियाकलाप भइरहेको भन्दै अतिरञ्जित तरिकाले केही सञ्चार माध्यमले खबर प्रकाशित गरिरहेको महासंघको भनाई छ ।

प्रकाशित समाचार प्रति खण्डन गर्दै महासंघले प्रेस काउन्सिलमा उजुरी समेत दिएको छ । भोली आइतबार महासंघका प्रतिनिधि प्रेस काउन्सिलको कार्यालय गई ध्यानाकर्षण सहितको ज्ञापनपत्र बुझाउने कार्यक्रम तय गरिएको छ ।


सबै समाचारहरु