तमुल्होसार मनाउँदैछन् गुरुङ समुदाय,

0
2608

१५ पुस, काठमाडौं । गुरुङ समुदायले आज तमुल्होसार मनाउँदैछन् । १५ पुसलाई नयाँ वर्ष मान्ने गुरुङ समुदायको परम्पराअनुसार आज तमुल्होसार मनाउन लागिएको हो ।तमु ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित छ । गुरुङ समुदायको बाहुल्यता रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायत जिल्लामा सूर्यको ताप पहिले आउने भएकाले पुस १५ मा यो पर्व मनाउने गरिएको हो । यसपछि क्रमशः तामाङ र शेर्पा जातिको बसोवास भएको क्षेत्रमा सूर्यको ताप आउने भएकाले माघ र फागुनमा यो पर्व मनाउन शुरु गरिएको विश्वास गरिन्छ ।