खेन्पो तथा लोपेनहरुलाई कदर पत्र प्रदान

0
2348

विक्रम लम्साल / १६ – वैशाख

हिमालय शेर्पा बौद्ध संस्कृति संरक्षण समाजले विभिन्न शैक्षिक क्षेत्रमा उच्च शिक्षा हासिल गर्नुहुने व्यक्तिहरुलाई बधाई तथा कदर पत्र प्रदान गरेको छ । समाजले वैशाख १६ गते सोमबार दक्षिण भारतको मैसुरु स्थित नाम्ड्रोलिङ गोन्पाबाट अध्ययन गर्नुभई, यसै गुम्बा अन्र्तगतको पूर्वानुदित प्राचीन उच्च बौद्ध अध्ययन अनुसन्धान केन्द्रमा समेत आवद्ध रहेका ३५ जना लोपेनहरुले खेन्पो उपाधी हासिल गर्न सफल हुनुभएको र लोपेन उपाधि हासिल गर्नुहुने नौ जना आनीहरु र १ जना पि.एच.डी. गर्नुभएको आनीलाई बधाई तथा कदर पत्र प्रदान गरिएको हो । कार्यक्रममा नाम्ड्रोलिङ गोन्पाका प्रमुख खेन्टुल ग्याङखाङ रिन्पोछेज्यूले कदर पत्र प्रदान गर्नुभएको थियो । साथै कार्यक्रमका प्रमुख अतिथी समेत रहनुभएका नाम्ड्रोलिङ गोन्पाका प्रमुख खेन्टुल ग्याङखाङ रिन्पोछेज्यूले कार्यक्रमा बोल्दै खेन्पो उपाधि हासिल गर्नेहरुलाई र आनीहरुलाई हार्दिक बधाई ज्ञापन गर्नुभएको थियो । खेन्पो उपाधी प्राप्त गर्नको लागी सबैभन्दा पहिले नौ वर्षको बौद्ध दर्शनको अध्ययन पछि लोपेनको उपाधी हासिल हुने र त्यसपछि चार देखि आठ वर्ष निरन्तर अध्यपन गर्नुभई बुद्ध दर्शन विद्यावरिधी प्राप्त गर्न सकिन्छ यसैलाई खेन्पो भनिन्छ । बौद्ध दर्शन अन्र्तगतको यो भाषा खेन्पो भनेको अंग्रेजीमा डाक्टर भनेको जस्तो हो, र लोपेन भनेको मास्टर गरेको जस्तो हो । यसैगरी कार्यक्रममा हिमालय शेर्पा बौद्ध संस्कृति संरक्षण समाजको गतिविधीहरुको बारेमा यसै संस्थाका सचिव खेन्पो नुर्वु शेर्पाज्यूले प्रस्ट पार्नुभएको थियो । कार्यक्रममा नेपाल बौद्ध महासंघका उपाध्यक्ष आचार्य नुर्वु शेर्पा र खेन्पो ङवाङ पेमाज्यूहरुले आफ्नो भनाईहरु राख्दै खेन्पो तथा लोपेन आनीहरुलाई शुभकामना व्यक्त गर्नुभएको थियो ।