उत्पीडित समुदायले आवाज उठाएमात्रै संविधान संशोधनको काम अघि बढाउन सहज हुने

0
2766

१८ साउन  काठमाडौं

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुुष्पकमल दाहालले संविधान संशोधन गर्न दवाव दिन जनजाति समुदायलाई आह्वान गरेका छन् ।अध्यक्ष दाहालले उत्पीडित समुदायले आवाज उठाएमात्रै संविधान संशोधनको काम अघि बढाउन सहज हुने पनि स्पष्ट पारे । बिहीबार ‘नेपालमा संघीयताको कार्यान्वयन र जातीय पहिचानको सवाल’ विषयक अन्तरक्रियामा उनले मुलुकलाई समृद्ध बनाउन बलियो कम्युनिष्ट पार्टी निर्माण गर्नु परेको बताए । अध्यक्ष दाहालले मुलुकलाई अस्थिरताको अन्त्य गर्न एमालेसँग पार्टी एकता गर्न आफैले प्रस्ताव गरेको स्मरण गराए ।