खिजिदेम्बामा जनप्रतिनिधिले सार्वजनिक सौचालय प्रयोग गर्न दिएन

0
2660

चैत्र २९  शेरसाङ्गे शेर्पा , खिजिदेम्बा

खिजिदेम्बामा जनप्रतिनिधिले सार्वजनिक सौचालय प्रयोग गर्न दिएन -स्थानीयहरु दिसापिसाब गर्न नजिकैको खोल्सोमा जान बाध्य,,

ओखलढुंगा जिल्लाको खिजिदेम्बा गाउँपालिका वडा नं-५ खिजिफलाटे बजारमा रहेको सार्वजनिक शौचालय जनप्रतिनिधिहरुले स्थानीयहरुलाई प्रयोग गर्न दिएन। खिजिदेम्बा गाउँपालिकाको व्यापारिक केन्द्र खिजिफलाटेमा साप्ताहिक रूपमा लाग्ने बुधाबारे बजारमा आएका स्थानीय र ब्यापारीहरु जनप्रतिनिधिले सार्वजनिक शौचालयलाई तलबन्दी गरेर राखेपछि नजिकैको खोल्सामा दिसापिसाब गर्न जान बाध्य भएको छ। पटकपटक स्थानीय बासिन्दा र पर्यटन व्यवसायी हरुले खिजिफलाटे बजार फोहोर भएको र निर्वाचित जनप्रतिनिधिहरुले चासो नदिएको भन्दै गुनासो गर्न थाले संगै विभिन्न सञ्चार माध्यमहरुमा समाचार समेत आउन थालेपछि खिजिदेम्बा गाउँ पालिकाका प्रमुक वेद बहादुर रोका र वडा नं-५ का वडा अध्यक्ष राम कुमार सुनुवार लगायतका टोलीहरुले मिति २०७४ साल फाल्गुन २१ गते सोमबारको दिन स्काइब्रेटरको सहायताले बजार आसपासमा रहेको फोहोर र सिसाका बोत्तलहरुलाई सफा गरिएको थियो। मिति २०७४ साल फाल्गुन २१ गते सोमबारको दिनदेखि खिजिदेम्बाको व्यापारिक केन्द्र खिजिफलाटेको शौचालयमा जनप्रतिनिधिहरुले तल्चा लगाइएको थियो। फाल्गुन महिनामा लगाइएको सार्वजनिक शौचालयको तल्चा चैत महिनाको अन्तिम हप्ता सम्म पुग्दा पनि नखुलाएको खिजिदेम्बा -५का स्थानीय दावा शेर्पा लगायतले गुनासो गर्नुभयो।उहाँहरुका अनुसार गाउँमै सिंहदरबारको अधिकार आएको होकी भनेको त गाउँका जनतालाई जनप्रतिनिधिको चेपुवामा पर्ने शासन पो आएको भन्दै भएको सार्वजनिक शौचालय समेत एकमहिना सम्म बन्दा गरेर जनतालाई सताउने कस्तो किसिमको नीति हो। यही हो स्थानीय सरकार उहाँले भिजन संग कुरा गर्दै भन्नुभयो। खिजिदेम्बामा रहेको सार्वजनिक शौचालयमा पनिको अभाव भएको भन्दै पालिकाले तलबन्दी गरेर राखेको बताइएको छ।पालिकाका अध्यक्ष वेद बहादुर रोकाले शौचालयमा पानीको व्यवस्था गर्ने प्रक्रियामा छौं भनेको एक महिना बितिसक्दा समेत पानीको नाउँमा एक टुक्रा पाइप समेत जोडिएको छैन।सार्वजनिक शौचालयमा पानीको व्यवस्था नगरी बन्दा गरेर राख्दा स्थानीय साप्ताहिक बुधाबारे बजारमा आउने स्थानीयहरुले निकै सास्ती खेप्न बाध्य भएका छन्।बजारमा आउने स्थानीयहरु दिसापिसाब गर्न नजिकैको खोल्सो र जंगलमा धाउन बाध्य भएको बताइएको छ। खिजिदेम्बाको व्यापारिक केन्द्र खिजिफलाटे बजारमा बसोबास गर्ने स्थानीय समुदायका नागरिकहरुले प्रयोग ल्याएको सामानबाट निस्केका फोहोर फल्ने व्यवस्था नहुदा पालिकाले लाखौं खर्च गरेर बजार सरसफाइ गरेता पनि जस्ताको त्यस्तै हुन थालेको खिजिदेम्बा- ३ का नवीन श्रेष्ठले गुनासो गर्नुभयो। गाउँपालिका र वडा कार्यालयले फोहोर व्यवस्थापन गर्ने जग्गाको व्यवस्था गर्ने भनिएको महिनौं बितिसक्दा जस्ताको त्यस्तै भएको छ। जग्गाको व्यवस्था गर्न त फोहोर फल्ने खाल्डोको समेत व्यवस्था गर्न सकिएको छैन।