छयाम लामा नृत्य कसरी शुरुवत भयो, यसको लाभ,

0
3637

छयाम लामा नृत्य कसरी शुरुवत भयो, यसको लाभ,
लामा नृत्य ( छयाम ) प्राचीन कालमा पनि भगवान शाक्यमुनि बुद्वद्वुारा गुह्यतन्त्रको धर्मचक्र प्रवर्तन गर्नुहँुदा पनि शान्त तथा क्रोध देवताहरुको बस्त्रमा सजिएर यज्ञ गर्ने चलन रहेको बझिन्छ । पछि भोटका राजा ठिसोङ देउचेनको शासनकालमा भारत बाट नेपाल हुदै गुरु पद्मसम्भव तथा बोधिसत्व शान्तरक्षितलाई भोटमा निमन्त्रणा गरी साम्ये मिग्याुर ल्हुन्डुप बिहार स्थापना गरिए पछि धेरै तन्त्र बर्गका पुस्तकहरु भोट भाषामा उल्था भएका थिए । साम्ये बिहार गोनपाको प्रतिष्ठापन पुजा बिधि सम्पन्न गरिँदा सबै भन्दा प्रथम लामा नृत्य भएको र त्यसपछि गारछयाम नामक लामा नृत्य बिस्तारै प्रख्यात हुदै गएका थिए । देबताहरुको अ, आफनै रुप र अकृति अनुसारको मुखुण्डो बनाई लगाउने र नृत्य गरिने चलन रहेको छ । मुखुण्डोमको रुप बिशेष गरी शान्त स्वरुप, क्रोध स्वरुप, र न त शान्त न त क्रोध तीन प्रकारका हुने हुन्छन ।
बिभिन्न शुभ तिथिमा गोन्पाहरुमा डुवा, डुप्छेन, मणि रिम्डु, गुरु छेनगे, छोग्छेनमा लामा नृत्य गर्ने गरिएको छ ।
लामा नृत्य दर्शन गर्नले अनेक प्रकारको बिध्न बाधाहरु हटने,हानिकारक तत्वहरु शान्त भई निरोगी, दिर्घायु हुनका सथै मनमा चिताएको सबै कराहरु पूर्ण हुने, अर्थात मनोकांक्षाहरु सिद्वहुने जस्ता अपार लाभहरु लामा नृत्यको दर्शन बाट प्रप्त गर्न सकिन्छ । Norlingnurula,