शान्तिका लागी क्रोधिकाली पुजा ,

0
5148

काठमाडौ÷कार्तिक २६–   नुरु छेपाल शेर्पा
काठमाडौको बौद्ध स्थित शेर्पा गुम्बामा दुज्योम ङग्युर रिञ्जीन (ठोमा) क्रोधिकालि महागणचक्र (ठोमा बुम्छोक) पुजा भैईरहेको छ । पुजा कार्तिक २४ देखि २७ सम्म सञ्चालन हुने आयोजकले जानकारी दिएको छ ।
लामाहरु २ सय तथा भिक्षु भिक्षुणी ७ सय र सर्वसाधारण भक्तजनहरु गरि जम्मा करिव १७ सय संख्यामा रहेको उक्त पुजाका प्रमुख लामा परम पुज्यनीय क्याब्जे दुज्योम साङगे पेमा श्येपा रिन्पोक्षेज्यूको नेतृत्वमा भईरहेको छ । यस पुजामा प्रज्ञापारमिता माताको क्रोधि रुप महाकालिको पुजा डमरु बजाएर गरिने र यसबाट विश्व शान्तिको कामना गरिने आयोजक समितिका सदस्य लोपोन तेन्जीन साङपोले जानकारि दिनुभयो ।
पुजामा पुज्यनीय टुल्कु कोन्क्षोक छिरीङ रिन्पोक्षे, टुल्कु जम्पल येशे दोर्जे रिन्पोक्षे, सकर टुल्कु रिन्पोक्षे र ग्येपर टुल्कु रिन्पोक्षेहरुको पनि सहभागीता रहेको छ ।
उक्त पुजा १८ वटा विभिन्न धार्मिक सघं संस्थाहरुको सामुहिक संयोजकमा आयोजना गरिएको हो । गएको वर्ष देखि सुरु गरि सञ्चालन गरीएको पुजा यो वर्ष दोस्रो पटक भएको र आगामी वर्षहरुमा पनि यस पुजा कार्यक्रमलाई निरन्तरता दिइने आयोजक सदस्यले जानकारी दिनुभयो । यस पुजालाई ठोमा बुम्छोक पनि भन्ने गरिन्छ ।