टानको महासचिब पदमा आङ पेम्बा शेर्पाको उम्मेदवारी

0
3340

कार्तिक ८ काठमाडौं

नेपालको पर्यटन व्यावसयीहरुको छाता संगठन ट्रेकिङ नेपाल एजेन्टस एसोसियसन नेपाल (टान) को यहि २०१७ अक्टोबर २९ तारिख २०७४ कार्तिक ११ गते होटेल हायत रेजेन्सी टुसालमा हुने ३९ को साधारणसभा तथा निर्वाचनमा नेकपा एमाले निकट पर्यटन व्यवसायीहरुको संस्था राष्ट्रिय पर्यटन व्यवसायी संगठन ,नेकपा माओवादी केन्द्र निकट पर्यटन व्यवसायीहरुको संगठन नेपाल पर्यटन व्यवसायी संगठन र शेर्पा पर्यटन व्यावसयी संगठनको गठबन्धन प्यानलमा शेर्पा समुदयबाट प्रतिनिधित्व गर्दै महासचिव पदमा युवा पर्यटन व्यावसायी आङ पेम्बा शेर्पाको नाम उम्मेदवारमा सर्वसम्मत रुपमा प्रास्तवित भएको छ । बिगत १२ बर्ष देखी ट्रेकिङ नेपाल एजेन्टस एसोसियसन नेपाल (टान) को महासचिब पदमा शेर्पा समुदयबाट उम्मेदवारी दिएको पहिलो पटक हो । ट्रेकिङ नेपाल एजेन्टस एसोसियसन नेपाल (टान) को अध्यक्षको उम्मेदवरीमा भने माओवादी केन्द्र निकट नेपाल पर्यटन व्यवसायी संगठनबाट नवराज दाहाल रहनु भएको छ । बिगत १६ बर्ष देखी पर्यटन व्यावसायमा संलग्न शेर्पाले रत्नराज्य क्याम्पस पर्दशनीमार्गबाट राजनीति   शास्त्रमा एम.ए. गर्नु भएको हो भने भिविन्न संघ संस्थाहरु मार्फत सामाजिक सेवामा पनि सक्रिय रहदै आउनु भएको छ । स्पष्ट वक्तको रुपमा चिनिने युवा पर्यटन व्यावसायी आङ पेम्बा शेर्पा साविकको सोलुखुम्बु गोली–७ गेप्चुकका हालको लिखु पिके गाउं पालिका वार्ड नं १ को स्थाई वासिन्दा र हवाइट हिमालयज ट्रेक्स एण्ड एक्सपिडिसन प्रा.लि.को संचालक हुन । बिगत ११ बर्ष देखी व्यक्तिगत रुपमा देश तथा बिदेशमा हुने पर्यटन मेलाहरु र सेमिनरहरुमा सक्रियताको साथमा सहभागी जनाई रहनु भएका शेर्पाले पर्यटन व्यावसयीहरुको छाता संगठन ट्रेकिङ नेपाल एजेन्टस एसोसियसन नेपाल (टान) को महासचिवको जिम्मेवारी पाएमा नेपालको पर्यटन क्षेत्रमा बिद्यमान समस्यहरुलाई समाधन गर्ने तर्फ पहल गर्ने,पदमार्गहरुको बिकासमा जोड दिने र पर्यटन प्रवर्दन  बिशेष जोड दिने प्रतिबद्धता पनि व्यक्त गर्नु भएको छ ।