आफ्नै भवनमा नेपाल शेर्पा संघ

0
3113

असोज १६

नेपाल शेर्पा संघ केन्द्रीय समितिले राजधानीको नारायणटारमा करीब पाँच करोडको लागातमा भवन खरिद गरी कार्यालय सरेको हो । संघ स्थापनाको दुई दशकपछि आफ्नै भवनमा सरेको छ । आफ्नै भवनमा कार्यालय सरेसँगै संघको भवनमा शेर्पाहरुको सम्पूर्ण संस्थाहरुलाई कार्यालय व्यवस्थापन गर्न सहज हुने अध्यक्ष आङ दोर्जी लामा शेर्पाले बताए । शेर्पा समुदायमा दर्जनौं संघसंस्थाहरु क्रियाशिल भएमध्ये शेर्पा सेवा केन्द्रको मात्रै आफ्नो भवन रहेको थियो । अफनै भवन खरिदपछि समुदायका लागि धार्मिक वाहेक अन्य क्रियाकलाप सञ्चालनका लागि सहज हुने समुदायले अपेक्षा गरेका छन् । भवन खरिदका लागि संघले यसअघि नै आर्थिक सहयोग संकलन अभियान सञ्चालन गरेका थिए । भवन खरिद ऋण चुक्ता गर्न अझै बजेट अपुग भएकाले सबैलाई सहयोग गर्न समेत संघले आह्वान गरेको छ । शेर्पा समुदायबाट व्यक्तिगत र संस्थागत सहयोग संकलन गरेर भवन खरिद गरेको हो ।