बिद्यार्थीका लागि विशेष शेर्पा भाषा तथा स्यावु्र कक्षा सुरु

0
2718

हिमालायन शेर्पा संस्कृतिक केन्द्रले प्रतेक बर्ष सञ्चालन गर्दै आई रहेको शेर्पा भाषा तथा स्यावु्र कक्षा यस बर्ष पनि सुरु गरेको छ । दशै तिहार विदाको समयलाई सदुपयोग गर्न शेर्पा बिद्यार्थीहरुलाई ५० प्रतिशत छुटमा शेर्पा भाषा तथा स्यावु्र कक्षा सञ्चालनमा ल्याएको हो । दशै तिहारको विदाको समयलाई सदुपयोग गर्न शेर्पा बिद्यार्थीहरुलाई शेर्पा भाषा तथा स्यावु्र कक्षा प्रतेक बर्ष दशै तिहारमा एक महिना सम्म सञ्चालन हुने संस्थाका बरिष्ठ उपाध्यक्ष आङ डोमा शेर्पाले जनाकारी दिनु भयो ।

शेर्पा भाषा, कला, संस्कार सांसकृतिको संरक्षण गर्ने उदेश्यले गठन भएको संस्थाले बर्ष भरी नै शेर्पा भाषा, स्यावु्र तथा टुङ्ना कक्षा सञ्चालन गर्दै आई रहेको छ । शेर्पा भाषा तथा स्याव्रू सिक्न चहाने शेर्पा विद्यार्थीहरुले संस्थामा फम भरि आफ्नो समयलाई सदुपयोग गर्न सकिनेछ । संस्थाले काठमण्डौँ लगायत शेर्पा समुदाय बसोबस गर्ने जिल्लाहरुमा पनि स्याावु्र तथा भाषा प्रशिक्षण दिदै आई रहेको छ ।