शेर्पा भाषामा निर्माण भएको चलचित्र चाँढै पर्दशनमा आउने

0
3399

 सोनाम याङजी शेर्पा,

 ३१ भाद्र २०७४, शनिबार १६:२५

शेर्पा म्यूजिक वल्र्ड प्रा. लि. को व्यानरमा निर्माण भएको चलचित्र टिन्छेन फमा चाढै पर्दशणमा आउने भएको छ । आङ ङिमा शेर्पा कुङगाको लेखन तथा निर्देशनमा निर्माण भएको चलचित्र शेर्पा सञ्चार समुह नेपालको हलमा पत्रकार सम्मेलन गरि चलचित्रका सम्पूर्ण कार्य सम्पन्न भएको जनाकारी दिएको छ । चलचित्र शेर्पा भाषामा निर्माण भएको र फिल्ममा शेर्पा समुदायका नव कलाकार हरुले अभिनय गरेको निर्देशक कुङगा ङिमा शेर्पाले बताएको छ ।

  

चलचित्रमा शेर्पा भाषा, संस्कृति जोगाउन अभिभावको भूमिका कति हुन्छ भन्ने बिषयलाई समेटेर निर्माण भएको चलचित्रमा शेर्पा भाषा, संस्कार, संस्कृतिलाई पनि उजागर गर्ने प्रयास गरेको छ । पत्रकार सम्मेलनमा आदिबासी चलचित्र महासंघको अध्यक्ष अमृत सुनुवार, चलचित्र वोर्डका सुचना तथा अन्तरष्ट्रिया सम्बन्ध अधिक्रित आनन्द घिमिरे, नेपाल शेर्पा संघका अध्यक्ष एडी लामा शेपार्, नेपाल शेर्पा महिला संघका अध्यक्ष ङिमी शेर्पा, बरिष्ठ गाएक लाक्पा शेर्पा बाट पोष्टकाट खोलेर फिल्मको उद्घाटन गरिएको हो । चलचित्रमा शेर्पा समुदायका युवा कुङगा शेर्पा, छोङवा शेर्पा, सोनाम याङजी शेर्पा, छिरिङ्ग डोल्मा शेर्पाले अभिनय गरेको छ भने तेन्जिङ्ग शेर्पा, कुङगा शेर्पा, छोङवा शेर्पा, आङ ङिमा शेर्पा कुङगा निर्माता रहेको छ ।