नगरपालिका सभापतिमा सोनामग्याल्जेन निर्वाचित,

0
831

सोलुखुम्बुको नेपाली कांग्रेस सोलुदुधकुण्ड नगरपालिकाको नगर कार्यसमितिको सभापतिमा भारी मत अन्तरले सोनाम ग्याल्जेन शेर्पासहित सबै प्यानल बिजयी भएको छ।

कांग्रेसको १४ औं महाधिवेशनका क्रममा मंगलबार शुरु भएर बुधबार सम्पन्न नगर अधिवेशनमा शेर्पाले अर्का सभापतिका उम्मेदवार मिङमार शेर्पालाई पराजित गरेका हुन् । बुधबार भएको मतदानमा खसेको कुल १८० मत खसेको थियो । खसेको मतमध्ये शेर्पाले १०१ मत प्राप्त गरी विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी मिङमार शेर्पाले ६६ मत प्राप्त गरेको निर्वाचन समितिका एक सदस्यले बताए । कुल खसेको मतमध्ये १३ मत बदर भएको छ ।उपसभापतिमा सरिता राई र ङवाङफुरी शेर्पा विजयी भएका छन् । सचिवमा दावा शेर्पा र अष्टबहादुर तामाङ, सह सचिवमा भिमबहादुर कार्की र कान्छाबहादु बिश्वकर्मा विजयी भएका छन् ।