आर्थिक सम्बृद्धिको आधार पर्यटन क्षेत्रको सुधार 

0
2619
नेपालको पूर्वी क्षेत्रको पहाडी जिल्लाहरू मध्येको एउटा जिल्ला हो खोटाङ । जहाँ पुग्न लगभग राजधानी काठमाडौं देखि ३०० किलोमिटर टाडा पूर्वमा पर्दा छ । खोटाङ जिल्लामा विशेष गरि शेर्पा राई, क्षेत्री, व्राम्हाण, नेवार, तामाङ, , मगर, कामी, दमाई, सार्की अदि जातजातिहरुको बसोबास रहेको पाइन्छ । खोटङ जिल्लालार्इ माझ किराँतको रुपमा परिचित रहेको पाइन्छ  । खोटङ जिल्ला यातायात र पूर्वाधार विकासको दृष्टीले ज्यादै दुर्गम भएपनि अन्य मूल्यवान वन सम्पदाले भरीपूर्ण रहेको पाइन्छ । खोटाङ जिल्ला वास्तवमै प्राकृतिक श्रोत, साधन र सौन्दर्यले भरिपुर्ण र  सुसज्जित रहेको छ । यति मात्र होईन समुन्द्र सतहबाट करीव १५२ मिटर देखि ३६२० मिटरसम्मको उचाईमा रहेको प्राकृतिक घ्येङ्खर्क , धर्मडाडा  दुपिखर्क आहाले साम्खाइ र पानीको मुहान नभएको तर कहिले पानी नसुन्ने बाहाने पोखरी जस्ता ताल र  अग्ला होचा पहाडी डाँडाहरु रहेको छ । यस् बाहाने गाउँ रावखोला  लिदिङ खोला र ताला बेंसीहरुले गर्दा झनै मूल्यवान रहेका पाइन्छ यस बाहाने गाउँबाट पूर्वमा भोजपुर, पश्चिममा ओखलढुङ्गा, उत्तरमा सोलुखुम्बु, दक्षिणमा उदयपुर गरि छिमेकी जिल्लाहरुको समेत अवलोकन गर्न सक्ने रहेको पाइन्छ । संसारकै सुन्दर प्राकृतिक सौन्दर्यता, मनमोहक दृश्यहरु, खोलानाला, झरना, हरियो वन जंगल, गगन चुम्बी हिमालहरुको दृश्यावलोकन गरी आनन्द लिने तथा बहुमूल्य जडिबुटी पुम्मर, पाँचऔले, चिरैतो, कालो ओखती, यस्ता कैयौं अनगिन्ती चिजहरुले भरिपूर्ण  भरिएको ठाँउ हो ऎसेलुखर्क १ राखाबाङ्देल बाहाने  । यस गाउँ  एक पर्यटकीय  क्षेत्र पनि हो ! पर्वतीय तथा पदयात्रा पर्यटनका लागि जति महत्वपूर्ण छ त्यत्तिकै मात्रमा धार्मिक र साँस्कृतिक पर्यटनको लागि पनि सम्भावना छ । यहाँ  बसोबास गर्ने बहुजाति, भाषा र धर्म सँस्कृतिको धनी  जहाँ, शेर्पा, तामाङ, राई, क्षेत्री, मगर र अन्य थुप्रै जातजातिको बसोबास रहेको छ ।यहाँ बसोबास गर्ने  समुदायभित्र एक आपसमा सुमधुर सम्बन्ध कायम राख्नु यहाँको विशेष पहिचान पनि हो । खोटाङ जिल्लाको बाहाने गाउँ  जुन पर्यटक क्षेत्रमा बिकास र आर्थिक सम्भावना बढि रहेको छ , त्यस क्षेत्रलाई बढि प्राथमिकता दिन सकिरहेको छैन् । जसले गर्दा यहाँको अर्थतन्त्र माथि उठ्न सकेको छैन्। बाहाने गाउँ  पर्यटकीय क्षेत्रमा राम्रो  सम्भावना  देखिएपनि यहाँको  उचित प्रसार प्रचारको कमिका कारण आजसम्म उच्च बिकास हुन सकेको छैन्।। ऐतिहासीक, पुरात्वतिक, तथा धार्मिक महत्व बोकेको  बाहाने गाउँ  पर्यटकीय क्षेत्रमा  लगानी गर्नको आजको आवश्यकता रहेको छ ।खोटाङ जिल्लामा रहेको  पर्यटकीय सम्भावना बोकेर क्षेत्रमा सरकारले लगानी बढाउन नसकेका कारण आज र पर्यटन क्षेत्रमा मौन हुदै गएको देखिन्छ र पर्यटकको सेवा सुविधा अप्रयाप्त भएकै कारण खोटाङ जिल्लाको पर्यटकीय विकास ओझेलमा परेको देखिन्छ । यहाँ पर्यटक भित्र्याउन बाहाने गाउँलाई मात्र होइन सिङ्गो जिल्ला र मुलुकलाई  नै फाइदा पुग्ने गर्दा छ । तर यहाँका नयाँ नयाँ पर्यटन पदमार्गको खोज अनुसन्धान गरी प्रचार प्रसार र प्रवर्दन गर्नका लागि सबै सरोकारवालाहरुले  ध्यान दिनुपर्ने आवश्यकता देखिन्छ । पर्यटन तथा ग्रामिण पर्यटन प्रवद्र्धनमा जोड दिन सम्बन्धित सबै सरोकारवाला निकाय तथा स्थानीयसँग यस्ता विषयमा सहकार्य गरेर अगाडि बढ्नु आजको आवश्यकता देखिन्छ ।पर्यटन क्षेत्रबाट देशले राम्रो आर्थिक उन्नति गर्न सक्दछ । पर्यटनको विकासमा गुणात्मक फड्को नै ल्याउने छ ।त्यसबारे खोटाङ जिल्लाका पिछडिएका एसेलुखर्क गाउँपालिका १ राखाबङ्देल बाहाने गाउँ ओझेलमै परिएको ठाँउमा स्थानीय सरकार गाउँपलिकले प्रथम पटक पर्यटन प्रबर्द्धन गर्न प्रथम  बाहाने पोखरी  महोत्सव पाँच दिने बृहत कार्यक्रम आयोजना गरिएको छ । यसले  यहाँका गाउँलाई विषेश गरि प्रचारप्रसारको विकासमा धेरै मद्दत पुग्नुका साथै जनसाधारणलाई पनि प्रत्यक्ष रूपले धेरै लाभ पुगेको देखिन्छ यस बाहाने पोखरी ग्रामीण पर्यटनको लागी अत्यन्तै रमणीय ठाँउ रहेको छ यहाँ प्रकृति सुन्दरताको मात्र धनी होइन विभिन्न  भाषा धर्म र संस्कृतिको पनि उतिकै धनी रहेको छ  । आजभोलि विश्वस्तरमा ग्रामीण पर्यटन प्रति मानिसहरूको रुचि बढ्दै गएको देखिन्छ र त्यसले महत्वपूर्ण स्थान लिदै गइरहेको पाइन्छ । बास्तवमा ग्रामीण पर्यटनको भविष्य अत्यन्त उज्ज्वल छ । प्रत्येक गाउँगाउँ पर्यटनका केन्द्र हुन सक्दछन् । नेपाल गाउँगाउँहरूको देश हो । यस ऎसेलुखर्क गाउँपालिकको प्रत्येक  गाउँमा आ-आफ्ना बेग्लाबेग्लै प्रकारका प्राकृतिक, सांस्कृतिक, ऐतिहासिक विशेषताहरू छन् । ती सबै पर्यटनका विषयहरू हुन सक्दछन् । तिनीहरूलाई व्यवस्थित वा विकसित गरेर पर्यटनको धेरै नै विकास गर्न सकिन्छ यहाँको सुन्दरताको मौन पर्यटन क्षेत्रबाट देशले राम्रो आर्थिक उन्नति गर्न सक्दछ । राज्यले लुकेर रहेका पर्यटकीय गन्तव्यहरुको खोजअनुसन्धान,गरि  प्रवद्र्धनमा विशेष योजना बनाएर प्राथमिकताका साथ अघि बढ्नुपर्ने आजको आवश्यकता रहेको छ ।
           नुरु शेर्पा