शेर्पा जातिको पोसाकलाई विद्यालयको पोसाकको रुपमा प्रयोग,

0
2776

ओखलढुङगा पात्लेस्थित जनता आधारभूत विद्यालय व्यवस्थापन समितिले शेर्पा जातिको पोसाकलाई विद्यालयको पोसाकको रुपमा प्रयोग गरेकाे छ। कक्षा ८ सम्म पढाइ हुने उक्त विद्यालयका एक सय विद्यार्थी र ९ शिक्षकले यो पोसाक लगाउन सुरु गरेका हुन्।

आधुनिकता र सामाजिक सञ्जालले बालबालिकाले आवश्यकताभन्दा फरक पोसाक लगाउने गर्दा समाजमा नकारात्मक सन्देश जाने र आफ्नो जातीय भेषभूषाको संरक्षण विद्यालयस्तरबाटै गर्न शेर्पा पोसाकको व्यवस्था गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पेम्बा शेर्पाले बताए। यस वर्ष पहिलोपटक भएकाले सुरुआतमा उनी आफैंले ३ लाख ५० हजार लगानी गरेर एक सय विद्यार्थी र ९ शिक्षकलाई पोसाक उपलब्ध गराइएको उनले बताए।

विद्यालयले आइतबार र सोमबार नेपाल सरकारले तोकेको, मङ्‌गलबार, बुधबार शेर्पा र बिहीबार र शुक्रबार खेलकुद पोसाक  लगाउनुपर्ने व्यवस्था गरेको छ। शेर्पा विद्यार्थीमात्र रहेको विद्यालयमा शिक्षकलेसमेत अनिवार्य लगाउनुपर्ने व्यवस्था गरेको छ। यसरी जातीय पोसाक प्रयोग गर्ने यो ओखलढुङगाको पहिलो विद्यालय हो।

@nepalnews,