शेर्पा साँस्कृतिक केन्द्रले आयोजना गरेको २१४७ औं ग्याल्पो ल्होसार,

0
2148

काठमाडौं, फागुन १२ सोमबार

 हिमालयन शेर्पा साँस्कृतिक केन्द्रले २१४७ औं ग्याल्पो ल्होसार च्याक फो चिवा ल्हो(मुसा वर्ष) को पावन अवसरमा चुच्चेपाटीस्थित हयातचौंरमा फागुन १० र ११ गते”ल्होसार गुथुक साँंझ तथा बृहत् साँस्कृतिक कार्यक्रम”साम्दे शेर्पा स्मृति राष्ट्रिय पुरस्कार,वक्तित्वकला प्रतियोगिता लगायतका कार्यक्रमहरुको आयोजना गरेको छ ।नेपाली काँग्रेसका नेता एवं पूर्व सभासद तथा निर्माण व्यवसायी जीपछिरिङ लामाले शनिबार ल्होसार गुथुक साँझ तथा बृहत् साँस्कृतिक कार्यक्रमको प्रमुख अतिथिको हैसियतले छ्योमे बालेर समुदघाटन गर्नुहुँदैं आम नागरिकले राज्य अनुभुती भएको दिन कहिले पाउने,नेपाल भ्रष्टाचार मुक्त कहिले हुने,बहालवाला मन्त्री नैं घुस प्रकरणमा मुछिएपछि स्थिति नेपालको नाजुक रहेको र नागरिक स्तरबाट खबरदारीको आवश्यकता रहेकोमा जोड दिएका थिए ।

आइतबार कार्यक्रमका प्रमुख अतिथि एवं पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले साम्दे शेर्पा स्मृति राष्ट्रिय पुरस्कार छनोट समितिका संयोजक अभिनेत्री वसुन्धरा भुषालको नेतृत्वमा छनोट गरिएको साम्दे शेर्पा स्मृति राष्ट्रिय पुरस्कार-२०७६ बाट कलाकारहरु ध्रुबरत्न हाडा,दीपाश्री निरौंला,आङफुर्वा(एपि) शेर्पा र त्यस्तैगरी वक्तित्वकला प्रतियोगितामा लमु शेर्पा प्रथम,छिरिङ लमु शेर्पा द्धितिय,दोर्जी शेर्पा तृतिय,पासाङ दोर्जी शेर्पा,पाल्देन शेर्पालाई नगद,प्रमाण पत्र,पुरस्कार प्रदान गर्नुहुँदैं ग्याल्पो ल्होसारको अवसरमा शेर्पा तथा हिमाली समुदायहरुलाई शुभकामना व्यक्त गर्नुहुँदैं राज्यले गरेको विभेदका विरुद्ध उत्पीडित जातिका मुक्तिका लागि फेरि अन्तिम युद्ध लडन तयार हुनुपर्ने बेला आएको,त्यस्को नेतृत्व गर्न आफू तयार रहेको जनाउनु भयो ।

कार्यक्रममा चर्चित कलाकारहरुका प्रस्तुति ,शेर्पा समुदायमा परम्परागत श्याब्रु नाँंच ,खानाका स्टल,विभिन्न प्रस्तुतिहरुले हयातचौंर ग्याल्पो ल्होसारमय बनेको थियो ।