शेर्पाको पहिचान नामक पुस्तकको बिमोचन भएको छ ।

0
3014

२०७५ पुष २९ 
शेर्पा समुदायको मौलिक पहिचान नामक पुस्तकको बिमोचन भएको छ । बौद्घ रामनगर स्थित क्लब मण्डालामा त्रिभवन विश्वविदयालयका प्राध्यापक तथा सहित्यकार महेश पौड्यालको प्रमुख अतिथ्यमा नेपाल शेर्पा संघका अध्यक्ष एडी लामा लगयत बिभिन्न संघ संस्थाका प्रतिनीधीहरुको उपस्थितिमा पुस्तक बिमोचन भएको थियो । सेर्कु शेर्पाद्वारा लिखित यो पुस्तकमा शेर्पा समुदायको इतिहास,भाषा,धर्म,लिपि,थर,भेषभुष,चाडपर्वका बारेमा रहेकाले अध्ययन गर्नेहरुलाई यो पुस्तक धेरै लभदायिक हुने छ । यो लेखक शेर्पाको पहिलो कृति रहेको छ । शेर्पा समुदायको मौलिक पहिचान बिमोचन कार्यक्रम सेरनिमा प्रतिष्ठानले आयोजन गरिएको थियो ।