यही मिति २०७५ माघ १ गते देखि २०७५ माघ १५ गते सम्म खुल्ला रहने सम्पूर्णमा जानकारी गराईन्छ ।

0
4010

खुल्यो खुल्यो खुल्यो !!!
हिमालयन शेर्पा साँस्कृतिक केन्द्रले आफ्नो गौरवमय २५ औं वसन्त पार गरेको अवसरमा हिमाली समुदायको राष्ट्रिय पर्व अर्थात नया“ वर्ष स मो फाग् लो २१४६ औं ग्याल्पो लोसारको पावन अवसरमा यस संस्थाको रजत जयन्ती मनाउन गईरहेको सम्पुर्ण शुभेच्छुकहरुमा सहर्ष जानकारी गराउन चाहान्छौ । विगत लामो समय देखि ग्याल्पो लोसारको अवसरमा आयोजना गर्दै आएको लोसार गुथुक साँझ, बृहत श्याब्रु नृत्य प्रतियोगिता तथा शेर्पा भाषामा साम्दे शेर्पा स्मृति वक्तृत्वकला प्रतियोगिता र साम्दे शेर्पा स्मृति राष्ट्रिय पुरस्कार वितरण कार्यक्रम महायानी बौद्ध धर्मावलम्बीहरुको महान पर्व स मो फाग् लो २१४६ औं ग्याल्पो लोसार तथा संस्थाको रजत जयन्तीको अवसरमा निम्न मिति र स्थानमा आयोजना गर्ने सम्पुर्णमा यसै सूचना मार्फत जानकारी गराउन चाहन्छौ । साथै यस कार्यक्रमको स्टलको फाराम तथा बृहत श्यब्रु नृत्य र वक्तृत्वकला प्रतियोगिताको फाराम यही मिति २०७५ माघ १ गते देखि २०७५ माघ १५ गते सम्म खुल्ला रहने सम्पूर्णमा जानकारी गराईन्छ ।

कार्यक्रम
मिति ः २०७५ माघ २० लोसार गुथुक साँझ
मिति ः २०७५ माघ २१ बृहत श्याब्रु नृत्य तथा वक्तृत्वकला प्रतियोगिता
मिति ः २०७५ माघ २२ साम्दे शेर्पा राष्ट्रिय पुरस्कार तथा प्रतियोगिता विजेताहरुलाई पुरस्कार वितरण
स्थान ः ह्यात चौर, चुच्चेपाट्टी

स्याव्रु प्रतियोगिताको पुरस्कार राशी
दर्ता शुल्क ः रु.५,००० –÷
प्र.पुरस्कार ः रू ५०,०००–÷ ट्रफी र प्रमाणपत्र
द्धि. पुरस्कार ःरू.३०,००० –÷ ट्रफी र प्रमाणपत्र
तृ.पुरस्कार ः रू२०,००० –÷ ट्रफी र प्रमाणपत्र
पब्लीक चोईस अवर्डः रू १०,००० –÷

वक्तृत्वकला प्रतियोगिताको पुरस्कार राशी
वक्तृत्वकलाको शिर्षाक ः नेपालको राजनीतिक क्षेत्रमा शेर्पा समुदायको नेतृत्व किन स्थापना हुन सकेन् ?
दर्ता शुल्क ः १,००० –÷
प्र.पुरस्कार ः रू २०,०००–÷ ट्रफी र प्रमाणपत्र
द्धि. पुरस्कार ःरू.१५,००० –÷ ट्रफी र प्रमाणपत्र
तृ.पुरस्कार ः रू१०,००० –÷ ट्रफी र प्रमाणपत्र
सान्त्वना ः रू ५,००० –÷

सेर्कु शेर्पा
महासचिव