शेर्पा सेवा केन्द्रको बार्षिक साधारणसभा सम्पन्न ।

0
2582

शेर्पा सेवा केन्द्रले आफनो ४० बर्षको यात्रा पूरा गरि ४१ औं बर्षमा प्रवेश गरे , आज सातौ महाधिवेशन पछिको पहिलो बार्षिक साधारणसभा आज शेर्पा सेवा केन्द्रको कार्यालय बौद्धमा सम्पन्न गरिएको छ । तोलाका टुल्कु ङवाङ येशेग्याछो रिनपोछेको प्रमुख आथितिमा सम्पन्न भएको उक्त कार्यक्रममा, सङटग टुल्कृ रिनपोछे, धर्मगुरु खेनपो ङवाङ लुढुप, अचार्य नुर्बु शेर्पा,माननीय साभसद जिप छिरिङ लामा,माननीय डि यन लामा, आङ दावा लामा, सोनाम छिरिङ लगयत  शेर्पा समुदायका सघं सस्थाका प्रतिनीधिहरुको उपस्थिति रहेको थियो । उपस्थित सबैलाई आङ काण्डु शेर्पाले खतक द्वरा स्वगत सम्मान गरे ।बरिष्ट उपध्यक्ष ग्याल्जेन शेर्पाले स्वागत मन्तब्य बाट सबबैलाई स्वगत गरेको थियो ।साधारणसभामा शेर्पा सेवा केन्द्रको अध्यक्ष सोनाम छोटी शेर्पाले संस्थाको भावी कार्ययोजना,महासचिव आङ गेल्जी शेर्पाले संस्थाको कार्य प्रगति प्रतिवेदन र कोषध्यक्ष फुरिता शेर्पाले आर्थिक बर्ष २०७४/७५ को आर्थिक प्रतिवेदन प्रस्तुत गरेको थियो । कार्यक्रममा प्रमुख अथिति लगयत सबैले आआफ्नो भनाई राखेका थिए ।आफ्नो भनाई राख्नु हुदै पूर्व माननीय आङ ङवाङ शेर्पाले हलको भडा निर्धारण गर्दा सबैको पहुँच पुग्ने सरल हुनुपर्ने बताउनुभयो ।सामाज सेवी जिप छिरिङ लामाले हामी सबै मिलेर एकजुट भए सेव केन्द्रलाई अरु थप बिकास गर्न कठिन नहुने बताउन भयो त्यसै गरि आफनो भनाई रख्दै डि,एन लामाले सदस्य शुल्कमा केही मत्रमा मिलाएर सबैलाई सदस्य बन्न सहज गराउन र सेवा केन्द्र भएकोले सबैलाई सेवा पुग्ने गरी कार्यसमितिले काम गर्नु पर्ने बताए ।

कार्यक्रममा बृद्वमिलन केन्द्रमा स्वस्थ्य सेवा दिनु हुने डक्टर आङ गेलु शेर्पा, तईची गुरु आङ बाबु ह्योल्मो र  योग गुरु दण्डी शेर्पा सम्मन पत्र र खतक लगाई सम्मन गरियो ।कार्यक्रममा उपस्थित हुने सबै जनाले कार्यसमिति काम पसन्तोषजनक रहेको भन्दै खुसी व्यक्त गरेको छन । शेर्पा सेवा केन्द्र शेर्पाहरूको ठुलो सामाजिक संस्था भएको हुदा धर्मिक तथा संस्कृतिक क्षेत्रमा आभ शेर्पा समुदायलाई सेवा प्रदान गर्दै आएको छ । निकट भविष्यमा अझ थप सेवा सुविधाहरू थप्ने लक्ष्य लिएको देखिन्छ ।