शेर्पा भाषा प्रशिक्षण गर्न भाषाको पहिलो भाषा सेन्टर ।

0
2609

कर्मारिञ्जी शेर्पा, असोज १८, काठमाडौं,

हाल नेपालमा कोरियान, जापनीज, हिब्रु, अंग्रेजी , ग्रीस लगायत विभिन्न भाषाका अनगिन्ती कक्षाहरू सञ्चालन गरिएको छन तर शेर्पा फूदोउजिन ल्याङ्ग्वेज एण्ड ट्रनिङ सेन्टरको सञ्चालक नुरू शेर्पाले भाषा सिकौं विदाको सदुपयोग गरौं भन्ने नारा सहित अरूको भन्दा फरक प्रकारको हाल लोप हुना लागेको शेर्पा भाषाको कक्षा सञ्चालन गरिएको छ । दशै तिहारमा विदा बस्ने विद्यार्थीलाईलाई लक्षित गरि विदा सदुपयोग गर्न पन्ध्र दिने अाधारभुत शेर्पा भाषाको कक्षा सञ्चालन गरिने भएको छ । दैनिक तीन समय सञ्चालन हुने भनिएका प्रशिक्षण कक्षामा शेर्पा रेडियो सञ्चालक नुरू छेपाल शेर्पा ,मिस शेर्पाको सोनम डोल्मा शेर्पा र हिमालयन शेर्पा संस्कृति केन्द्रको महासचिव सेर्कु शेर्पाले तालिमको प्रतिनिधित्व गर्नेछन् । आफ्नो भाषा ,धर्मको संरक्षण आफैं र आफ्नो समुदायबाट मात्र सम्भावना छ भन्ने उदाहरणको रूपमा प्रस्तुत भएको सञ्चालकले शेर्पा भाषा संरक्षणकै लागि ल्याङ्ग्वेज सेन्टर खोलेर सेवा प्रदान गर्दै आएको छन । पोसाकले मात्र आफ्नो संस्कृति जोगाउन नसक्ने र संस्कृत जोगाउन संस्थागत र निजी दुबै क्षेत्रबाट भाषाको संरक्षण गर्नुपर्ने भाषा सेन्टर सञ्चालक नुरू शेर्पा बताउनुभयो ।

शेर्पाको नेतृत्ववर्ग बाहेक अन्यमा शेर्पा भाषाको चासो कम रहेको पनि सञ्चालक शेर्पा बताउनुभयो ।शेर्पा संघ संस्थाहरु प्रयाप्त खोलिएको भए त पनि शेर्पा भाषा सिक्ने कुनै ल्याङ्ग्वेज सेन्टर नरहेकोले आफुले चाहेको समयमा शेर्पा भाषा सिकाई शेर्पा भाषाको संरक्षण गर्न थप टेवा पुर्याउने हेतु भाषा सेन्टर स्थापन गरिएको शेर्पा बताउनुभएको छ। भाषा सेन्टर स्थापन भएको दुई बर्षे अवधिमा छ महिने सप्ताहिक कार्यक्रम अन्तर्गत २० जना भन्दा बढीले भाषा कक्षा लिई सकिएको छ । अब निरन्तर रूपमा कक्षा सञ्चालन गर्दै जाने र भविष्यमा भाषा संरक्षणमा युवावर्गबाट महत्त्वपूर्ण भूमिका निभाउन प्रोत्साहित गर्ने शेर्पाको भनाइ छ ।