शेर्पा गोन्पामा टुक्पा छेस्यीका साथ मणि क्ष्योकोर सम्पन्न 

0
3209

काठमण्डौ आषाढ ३२ महागुरु खबर

शेर्पा सेवा केन्द्र बौद्घ टुसालमा हरेक बर्षझै यस बर्ष पनि टुक्पा छेस्यी कार्यक्रम आजा सम्पन्न भएको छ । भोट पात्रोका छैटौ महिनाका ४ गतेलाई टुक्पा छे स्यी भन्ने गरिनछ । भागवन बुद्घले पहिलो पटक आफना पञ्च वर्गिय भिक्षुलाई चार आर्य सत्यको बारेमा दिनु भएको धर्म देशना, धर्मचक्र प्रवर्तन गर्नु भएको दिन लाई धर्मिक महत्वका साथ स्मरण गरिन्दै यस दिनलाई टुक्पा छेस्यी धर्मचक्र प्रवर्तन दिवासका रुपमा मनिआएका छन ।
शेर्पा गोन्पा सेवा केन्द्रमा बिहान ८ बजे बाट पुजा पाठ गरी टुक्पा छेस्यी कार्यक्रम गरिएको हो ।
कार्यक्रमका संयोजक आङ कण्डु शेर्पा खाना ब्यबस्थापनमा दोर्जी शेर्पा रामेछप, छोग प्रासद ब्यबस्थापनमा साङगे शेर्पा खोटङका रहेका थियो । कार्यक्रममा मणि क्ष्योकोर मणि मन्त्र नृत्यका साथमा उपस्थित भक्तजानले मणिमन्त्र नृत्य गरिएको थियो ।