अन्नपूर्णकर्मी शेर्पालाई वातावरण पुरस्कार

0
2188

काठमाडौं  :२२ जेठ, काठमाडौं

अन्नपूर्णकर्मी छेटु शेर्पालाई यस वर्षको वातावरण पत्रकारिता पुरस्कार प्रदान गरिने भएको छ । नेपाल वातावरण पत्रकार समूह (नेफेज)ले हरेक वर्ष यस्तो पुरस्कार प्रदान गर्दै आएको छ । शेर्पाले वन, वातावरण, पर्वतारोहणलगायतका विषयमा केन्द्रित रहेर समाचार लेख्छन्

। शेर्पासँगै अर्का सञ्चारकर्मी चन्दनकुमार मण्डललाई पनि पुरस्कृत गरिने नेफेजले जनाएको छ । विश्व वातावरण दिवसका अवसरमा मंगलबार उनीहरूलाई पुरस्कार वितरण गरिने नेफेजले जनाएको छ ।

पुरस्कारको राशी २५ हजार रुपैयाँ र प्रमाणपत्र रहेको छ । नेफेजले वातावरण र दिगो विकासका विषयमा पत्रपत्रिका, रेडियो, टेलिभिजन तथा अनलाईनमा उत्कृष्ट लेख–रचनाहरू प्रकाशित गर्ने वा कार्यक्रम प्रस्तुत गर्ने पत्रकारमध्येबाट छनोट गरी यो पुरस्कार एक जनालाई प्रदान गर्दै आएको छ ।

तर यो पटक विषयगत विविधता, तथ्य–तथ्यांक, भाषा, जनसरोकार र मौलिकता भएका लेखहरूको मूल्यांकन गर्दा दुवैजना पत्रकारको बराबरी अंक आएकाले यो पुरस्कार दुवैजनालाई दिने निर्णय भएको नेफेजले जनाएको छ ।

@annapurnapost