सागा–दावा महोत्सव के हो ?

0
3814

 

सागा–दावा महोत्सव के हो ?

सागा दावा अर्थात् बैशाख महिनालाई बौद्धमार्गीहरूले एक पवित्र महिनाको रुपमा लिने गर्दछ । विशाखा नक्षत्रको नामबाट रहन गएको यो महिनालाई हिमाली बौद्धमार्गीहरूले सागा (विशाखा) दावा (महिना) ‘सागा दावा’ भनिएको हो । शाक्यमुनि बुद्धको जन्म, बुद्धत्व प्राप्त र महापरिनिर्वाण हुनु भएको त्रिसंयोग महापुण्य तिथि बैशाख पूर्णिमाका दिन पर्दछ । विशेष गरी यो महोत्सव बुद्धजयन्तीलाई लक्षित गरी मनाइने पर्व भए तापनि हिमाली बौद्धमार्गीहरूको समाजमा यो पर्व बुद्ध जयन्तीको ठीक एक महिनापछि पर्दछ । तर पनि नेपालमा प्रचलित पात्रोमा चन्द्र अधिकमास परेको वर्ष भने एकै महिनामा साथ पर्ने गर्दछ । किन भने भोट ज्योतिष पात्रोमा अधिकमास परे तापनि नेपाली चन्द्रपात्रोमा अधिकमास नपरेको हुँदा सादा दावा पुनः जेष्ठ महिनामा पर्दछ ।

यो महिनामा पुण्य, पाप जुन सुकै कार्य गर्दा पनि लाखमा परिवर्तन हुने जना विश्वास रहेकोले यो महिनालाई बुम ग्युर दावा पनि भन्ने गर्दछ । तसर्थ बौद्धमार्गीहरुले यो महिनामा ञ्युन्ये व्रत, बुद्ध वचन (कंग्युर) को पाठ, धार्मिक प्रर्वचन, बौद्ध, स्वयंभू आदि पवित्र स्थाल परिक्रम, अष्ठांग ढोक, पाठपूजा, नगद दान, भोजन दान, रक्तदान आदि शुद्ध मनले पुण्य कार्य गर्ने गर्दछन् ।

आचार्य सार्की शेर्पा