गार्मा किदुक छोक्पाको अध्यक्षमा निमा गेलु शेर्पा

0
3379
साँस्कृतिक कार्यक्रमका बीच अधिवेशन समपन्न
नुरु छेपल शेर्पा
फागुन –१२, काठमाडौ
गार्मा किदुक छोक्पाले नयाँ वर्ष २१४५ ग्याल्पो लोसारको अवसर पारेर शुभ कामना आदान प्रदान सहित आफ्नो पाचौँ महाधिवेशन सम्पन्न गरेको छ ।
काठमाडौ बौद्ध स्थित शेर्पा सेवा केन्द्र परिसरमा एक कार्यक्रमको आयोजना गरि लोसारको शुभकामना आदान प्रदान गरिएको हो साथै नौ सदस्य नयाँ कार्य समिति गठन गरिएको छ । समाज सेवी तथा गार्मा किदुकका पुर्व अध्यक्ष फुरी शेर्पाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अभिवेशनको नयाँ कार्य समितिको अध्यक्षमा निमा गेलु शेर्पा, उपाध्यक्षमा पासाङ फुरी शेर्पा, महासचिवमा सोनाम छिरिङ शेर्पा, सचिवमा याङ्जी शेर्पा, कोषाध्यक्षमा कान्छा शेर्पा लगायत सदस्यहरुमा फुटी शेर्पा, दानु शेर्पा, पासाङ ल्हमु शेर्पा, र छिरिङ लामा शेर्पा रहेका छन् ।
साथै किदुकद्वारा प्रदान गरिदै आएको छात्र वृत्ति यस वर्ष पनि प्रदान गरियो । टिप टप विद्या पुरस्कार सोलुखुम्बु गार्माबाट एस.एल.सी. मा सबैभन्दा धेरे अंक ल्याउन सफल २ जना विद्यार्थीलाई प्रदान गरियो, त्यस्तै स्व. कामी लामा स्मृती विद्या पुरस्कार सोलुखुम्बु गार्माका जेहेन्दार दुई विद्यार्थीहरुलाई प्रदान गरियो भने स्व. ल्हाकी शेर्पा स्मृति विद्या पुरस्कार सोलुखुम्बु गार्माकी नर्सको क्षेत्रमा अध्ययनरत एक छात्रालाई प्रदान गरिएको हो साथै श्रीमती ङिमा शेर्पा र छुन्डु शेर्पाद्वारा विद्यार्थीहरुका लागी छात्रवृत्ति सहयोग प्रदान गरिएको थियो ।
साथै कार्यक्रममा किदुकका पुर्व अध्यक्ष फुरी शेर्पा र शेर्पा सेवा केन्द्रका अध्यक्ष सोनाम छोटीलाई समुदायमा पुराएको सहयोगको कदर गर्दै सम्मान गरियो । त्यसैगरी स्व. साम्दे शेर्पा स्मृति वक्तृत्व कला २०७४ मा प्रथम हुन सफल सोलु नाजिङकी सुश्री ल्हमु शेर्पालाई प्रसंशा पत्र, खादाँले सम्मान गरियो भने कार्यक्रममा गार्मा किदुकका कलाकारहरुले विभिन्न साँस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरेका थिए ।