व्यक्तित्व विकास सम्बन्धी अन्तरक्रियात्मक कार्यक्रममा हुने

0
3540

काठमाडौँ, पौष २२ –

विभिन्न उद्घोषण तथा भाषण कलाहरु सञ्चलन गर्दै आईरहेको रियाङ एकेडेमीले एक दिने अन्तरक्रियात्मक एवं चियापान कार्यक्रम गर्ने भएको छ । उक्त कार्यक्रम यहि पौष २९ गते शनिवार गर्न गर्न लागिएको हो ।

विषेश गरेर युवा वर्गहरुलाई सार्वजनिक कार्यक्रमहरुमा कसरी बोल्ने र कार्यक्रमहरु सञ्चालन गर्ने भन्ने बारेमा उक्त संस्थाले विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको छ । “युवा वर्गलाई सार्वजनिक कार्यक्रममा कसरी बोल्ने भन्ने विषयमा जानकारी दिनका लागि कार्यक्रम आयोजना गर्न लागेको हो” रियाङ एकेडेमीका संचालक आङ दोर्जी शेर्पाले भन्नुभयो । हाम्रो समुदायमा सर्वाजनिक कार्यकमहरुमा बोल्न सक्ने बनाउन र यस्तो तालिम दिने संस्था समुदायमा नभएकोले गर्दा रियाङ एकेडेमी खोलेको पनि उहाँले जानकारी दिनुभयो । यस कार्यक्रहरुले मानिसहरुको व्यक्तित्वमा विकास भएर जाने र मानिस असफल हुने डर र चिन्ताबाट मुक्त पनि हुने भएकोले रियाङ एकेडेमीले गरिहेको कार्य अत्यन्तै महत्वपुर्ण कार्य हो । हाम्रो जिवनमा बोल्ने कलाले पनि धेरै ठुलो महत्व बोकेको हुने भएकोले, बोल्दा पनि मिलाएर र आकर्षक ढगंले बोलेमा सबै मानिसहरुले पनि मन पराउने भएकोले पनि बोल्ने कुरालाई कलाको रुपमा हेरीदै आएको हो । त्यसैले पनि यस संस्थाले दिने तालिमहरु महत्वपुर्ण रहेको छ । २०१७ मा अन्तरखेल, जोरपाटी काठमाडौमा तालिम केन्द्र खोलेर युवा तथा विभिन्न संघसस्थाका व्याक्तिहरुलाई उद्घोषण, भाषण कलाका कार्यक्रमहरु निरन्तर सञ्चालन गर्दै आईरहेको छ । चियापान कार्यक्रम युवा वर्गहरुलाई जनचेनता दिनका लागि गर्न लागेको छ साथै कार्यक्रममा शेर्पा फर चेन्जले सहयोग गरेको छ ।