विश्व शान्तिको कामना गर्दै ‘लाख पुजा ’बुम्छोग

0
2590

काठमाडौं- मङ्सिर, २० गते

मिण्डोलिङ च्याङछुप क्ष्योलिङ छोग्पाको आयोजनामा बुम्छोग (लाख पुजा) भईरहेको छ । काठमाडौ स्थित रामहिटीमा रहेको आफ्नौ कार्यलय परिसरमा उक्त पुजा सञ्चालन भएको हो ।
विश्व शान्तिको कामना गर्दै गरिएको पुजाका नेतृत्व भने टुल्कु ज्याम्याङ वाङ्पो रिन्पोक्षेज्यूले गरिरहनुभएको छ । यो पुजामा विषेश गरेर एक लाख प्रसादहरु चढाईने गरिन्छ । यसको उद्देश्य भने विश्वा शान्तिको कामना गरिने भएकाले यो पुजाको धेरैनै महत्व रहेको यस पुजाका आयोजक मिण्डोलिङ च्याङछुप क्ष्योलिङ छोग्पाका महासचिव ङावाङ सोनाम शेर्पाले जानकारि दिनुभयो ।
पुजामा उपस्थित भक्तजनहरुलाई सम्बोधन गर्दे टुल्कु ज्याम्याङ वाङ्पो रिन्पोक्षेज्यूले यो पुजाको महत्व बारेमा प्रष्ट पार्नुहुदै । ‘एक जना लामाले तीन वर्ष तीन महिना ध्यान गरेको भन्दा पनि यसरी बुम्छोग पुजा गरेको लाभ अत्यन्तै बढि हुन्छ भन्ने कुरा शास्त्रमा उल्लेख छ’ उहाँले भन्नुभयो । साथै ‘हामीले यसरी एकै ठाउँमा जम्मा भएर यो महान कार्य गर्न पाउनु तपाँई हामीले गरेको पुण्यको कारणले गर्दा आज हामीले यस महान कार्य गर्न सफल भईरहेका हौ’ । भन्ने विश्वास पनि व्यक्त गर्नुभयो । यसैगरि यस पुजालाई विकट गाँउ गाँउमा पुराउनु पर्ने र यसबाट त्यहाँका गुम्बाहरुको पुर्ननिर्माण र मर्मत कार्यहरुमा सहयोग पुराउन सकिने बताउँदै, यस कार्यको पुण्यले सम्पुर्ण जगत प्राणीको हितका लागी रिन्पोक्षेज्यूले कामना गर्दै पुजामा सहयोग पुर्याउनु हुने सबैलाई धन्यवाद व्यक्त गर्नुभयो ।
यस संस्थाले विगतका दिनहरुमा विभिन्न मन्त्र जप कार्यक्रमहरु तथा पुजाहरु गर्दै आएपनि बुम्छोग पुजा भने पहिलो पटक गरिएको हो । बुम्छोग पुजा मंसिर २० गतेबाट सञ्चालन भएको र २३ गते पुजाका नेतृत्व गरिरहनुभएका टुल्कु ज्याम्याङ वाङ्पो रिन्पोक्षेज्यूबाट आयू अभिषेक प्रदान गरि सम्पन्न हुने आयोजकले जानकारि दिएको छ ।