हरेक शनिबार शेर्पा भाषा सिकौं

0
3054

शेर्पाहरुको भाषाको संरक्षण र सम्बर्द्धनबाट शेर्पाहरुको पहिचान युगौयुग सम्म जिवित रहन सक्छ भन्ने मुख्य उदेश्य सहित शेर्पा समुदायमा पहिलो पटक निजि क्षेत्रबाट संचालित “शेर्पा फुदोउजिन ल्याङ्ग्वेज एण्ड ट्रेनिङ्ग सेन्टर” ले हरेक शनिबार शेर्पा भाषाको प्रशिक्षण दिने भएको छ ।
आफ्नो भाषा लोप भएमा, आफ्नो धर्म, संस्कार–संस्कृती साथै परम्पराहरु पनि लोप हुने भएकोले शेर्पा भाषा राम्रो संग बोल्न नजान्ने साथै सिक्न इच्छुक शेर्पाहरुलाई लक्षित गरेर हरेक शनिवार बिहान, दिउसो र बेलुकी कक्षा सञ्चालन गर्न लागिएकोले विद्यालय स्तरमा अध्ययन गरि रहेका शेर्पा विद्यार्थीहरुको अभिभावकहरुले उक्त अवसरलाई भरपुर उपभोग गरि आफ्ना छोराछोरीहरुलाई शेर्पा भाषाको ज्ञान दिनुपर्ने जरुरी देखिन्छ । जसले गर्दा शेर्पा समुदायले आगामी पछिल्लो पुस्ताहरुमा समेत आफ्नो भाषा सहितको पहिचानलाई जिबित राख्न मद्दत मिल्नेछ ।
काठमाडौमा बिशेष गरि शेर्पाहरुको सघन बसोबास रहेको बौद्ध फुलबारी स्थित “शेर्पा फुदोउजिन ल्याङ्ग्वेज एण्ड ट्रेनिङ्ग सेन्टर” ले शेर्पा समुदायको पहिचानलाई जिवित राख्न पहिलो सर्त शेर्पा भाषा जिवित राख्नु पर्ने भन्दै आफुहरुले शेर्पा समुदायमा शेर्पा भाष को राम्रो ज्ञान नभएका बिद्यार्थीहरुलाई निशुल्क रुपमा शेर्पा भाषा सिकाउने अभियानमा लागेको संचालक जम्बा शेर्पाले बताउनु भयो ।
शेर्पा भाषा सिकाउने महान उदेश्य सहित स्थापना भएको यस “शेर्पा फुदोउजिन ल्याङ्ग्वेज एण्ड ट्रेनिङ्ग सेन्टर” ले शेर्पा भाषाको अतिरिक्त न्यून शुल्कमा कोरियन , जापानीज र अङ्ग्रेजी भाषा तथा बरिस्ट तालीम समेत दिईरहेको छ ।
सम्पर्कका लागि ः
शेर्पा फुदोउजिन ल्याङ्ग्वेज एण्ड ट्रेनिङ्ग सेन्टर
बौद्ध, फुलबारी, काठमाडौं ।