जम्बुलिङ स्यर्वा छोक्पा बिश्व शेर्पा मञ्च गठन

0
3452

जम्बुलिङ स्यर्वा छोक्पा  बिश्व शेर्पा मञ्च गठन ,, फाटो फिचर,,

असोज २५ , काठमाडौं
विश्व शेर्पा सम्मेलनले सम्मेलनका संयोजक एव नेपाल शेर्पा संघका केन्द्रिय अध्यक्ष आङ दोर्जी लामा शेर्पाको अध्यक्षतामा ३३ सदस्यि नयाँ कार्यसमिति चयन गरेको छ ।समितिमा २२ देशका शेर्पा संघसस्था र किदुकका प्रतिनिधिहरुलाई समेटिएर लगेका छन । नेपालमा रहेको शेर्पा महिला संघ, शेर्पा युवा संघ, नेपाल शेर्पा विद्यार्थी संघ, शेर्पा संचार समुह नेपाल, हिमालयन शेर्पा सांस्कृतिक केन्द्रका अध्यक्षहरुलाई पनि समितिका सदस्यमा चयन गरिएको छ । वरिष्ठ उपाध्यक्ष दावा जाङबु शेर्पा यु एस ए उपाध्यक्ष फुला शेर्पा बेल्जियम, याङजी शेर्पा महिला, ङिमा ग्याल्जेन शेर्पा अष्ट्रेलिया, ङवाङ नुरी शेर्पा एशिया प्यासिफिक, ङिमा शेर्पा अमेरिका, ङिमा शेर्पा मिडल ईस्ट, गेल्मु शेर्पा अमेरिका महिला, पासाङ गेले शेर्पा भारत, देण्डी शेर्पा नेपाल, डोमा शेर्पा ईजरायल, आङ कल्जङ शेर्पा युरोप लगायत रहेको छ । काठमाडौँमा पहिलो पटक भएको प्रथम विश्व शेर्पा सम्मेलनले जम्बुलिङ स्यर्वा छोक्पाको गठन गरि नयाँ कार्यसमिति चयन गरेको छ ।