हिमालयन शेर्पा साँस्कृतिक केन्द्रको संक्षिप्त परिचय

0
3534

सेर्कु शेर्पा

हिमालयन शेर्पा सांस्कृतिक केन्द्र, हिमाली भुभागमा बसोबास गर्ने शेर्पा जातिको परम्परागत भाषा,भेषभुषा, रितिरवाज, कला, संस्कार संस्कृति आदिको मुल्य मान्यताहरुलाई सदैव जीवन्त राख्दै नेपाली शेर्पा जातिको संस्कारसंस्कृतिको संरक्षण तथा प्रवद्र्धन गर्ने उदेश्यका साथ बि.स. २०४९ साल पौष २३ गते विधिवत रुपमा जिल्ला प्रशासन कार्यालय काठमान्डौंमा दर्ता भई सञ्चालनमा रहेको एक मुनाफा रहित सामाजिक संस्था हो । हिमालयको फेदिहरूमा आदिम थलो भएका शेर्पा जातिको संस्कार, संस्कृतिहरू सोहि भौगोलिक वातावरण अनुकुल रहेको भए त पनि परिवर्तित समयको बिकास संगै सिमित परिधिमा मात्र खुम्चिएर नरहनु आफैमा नराम्रो पक्कै होईन । यसै समयको गति संगै हामीले हाम्रो संस्कार, संस्कृतिहरूलाई पनि बिर्सदै गइरहेको तितो यथार्थ पनि रहेको छ । तसर्थ यो परिस्थितिको परिवर्तन संगै बिशेषत शेर्पा युवापुस्ताबाट टाढिदै गईरहेको हाम्रो संस्कार, संस्कृतिहरूलाई संरक्षण, सम्वद्र्धन र बिकसित रुपबाट प्रवद्र्धन गर्दै लैजानु हिमालयन शेर्पा संस्कृतिक केन्द्रको मुख्य उद्देश्य रहेको छ ।
हिमालयन शेर्पा संस्कृतिक केन्द्र स्थापनाको २५ औ बर्षमा प्रवेश हुदै गर्दा संस्कार, संस्कृति रक्षाको सवालमा कार्य गर्दै आएको र यस संस्थालाई अगाडी बढाउने क्रममा विभिन्न चुनौतीहरूको सामना गर्दै शेर्पा जातिको सघन बस्ती भएको जिल्लाहरुमा शाखा विस्तार गरी संस्थाले निर्दिष्ठ गरेको उद्देश्यलाई व्यवहारत रुपमा प्रस्तुत गर्दै आइरहेको छ । वास्तवमै यतिबेला हामी नेपाली शेर्पाहरू विश्वका जुनसुकै देशमा रहेता पनि हाम्रो एकताको प्रतिविम्ब हाम्रो भाषा, संस्कृति, भेषभुषा र परम्परागत मुल्य र मान्यताहरू नै हो । यी कुराहरूलाई जोगाए मात्रै हाम्रो अस्तित्व र सांस्कृतिक जोगिने र त्यसपछि मात्र हामी आफैमा शेर्पा हुनुको सार्थकता पनि झल्किन्छ । आज हामी आफैमा नेपाली शेर्पा हुनुमा गर्व गर्छौ । यसको पछाडी हाम्रो पुर्खाहरूको गौरवशाली इतिहास छ, अनि समृद्ध परम्परा पनि छ । यी हाम्रा ऐतिहासिक महत्वका कुराहरूलाई जोगाएर भोलीका सन्ततीलाई हस्तान्तरण गर्नु हामी सबैको आम दायित्व हो ।पक्कै पनि यो कर्तव्य र जिम्मेवारीबाट यतिबेला हामी कही कतैबाट चुक्यौं भने भोलीका सन्ततिले हामीलाई धिक्कार्ने छन । यी यावत कुराहरूलाई आत्मसात गरी २५ बर्ष अगाडी स्थापित हिमालयन शेर्पा सांस्कृतिक केन्द्रले नेपाली शेर्पा जातिको भाषा, कला संस्ृकति तथा परम्परागत मुल्य र मान्यताहरूलाई जिवन्त राख्नका लागि नै कार्यहरू गर्दै आइरहेको पनि यहाँहरूलाई अवगत गराउन चहान्छौं । राजधानी काठमाण्डौमा मात्रै नभएर यतिबेला नेपालका विभिन्न जिल्लाहरूमा जिल्ला शाखाहरू स्थापना गरेर शेर्पा जातिको सस्कार रक्षाका लागि लागिपरेको हिमालयन शेर्पा सांस्कृतिक केन्द्रले स्थापना काल देखि विभिन्न कार्यक्रमहरु निरन्तर गरेका छौं । नेपालका विभिन्न जिल्लाहरूबाट काठमाण्डौं आई बसोबास गरिरहेका शेर्पाहरू यहाँ आ–आफ्नो गाउँ क्षेत्रको विकास र शेर्पा जातिको भाषा कला संस्कृति र रीतिरिवाजलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ विभिन्न संघ संस्था र किदुगहरूको स्थापना गरेर कृयाशिल भईरहेको अवस्थामा सबै जिल्लाका शेर्पाहरूको बीचमा आपासी मैत्रीभाव कायम गर्ने र शेर्पा कला, संस्कृतिको विविधतालाई एउटै थलोमा ल्याई निखारताका साथ प्रस्तुत गर्नसक्ने वातावरण सिर्जना गर्न हिमाली आदिवासी जनजातिको नयां वर्ष ग्याल्पो लोसारको अवसरमा वार्षिक रुपमा “वृहत श्याब्रु नृत्य प्रतियोगिता” आयोजना गरि रहेको छौं । त्यस्तै शेर्पा समूदायबाट नेपाली कलाकारिता क्षेत्रमा ख्याति कमाईसकेका एक मुर्धन्य स्रष्टा, सामाजिक रुपान्तरणका अभियान्त महत्वपूर्ण व्यक्ति स्व. साम्दे शेर्पाको सम्मानस्वरुप उहाँको स्मृतिमा शेर्पा भाषाको विकासलाई समेत मध्यनजर गर्दै शेर्पा युवाहरूको व्यक्तित्व विकासमा टेवा पु¥याउने उद्देश्यले “साम्दे शेर्पा स्मृति वक्तृत्वकला प्रतियोगिता” पनि निरन्तर रुपमा सोही अवसरमा आयोजना गरि रहेको छ । साथै बि.स. २०७२ साल देखि साम्दे शेर्पाको सम्मान स्वरुप उहाँको स्मृतिमा “साम्दे शेर्पा स्मृति कोष” खडा गरी साम्दे शेर्पा अक्षय कोष रु.५१,००,०००—÷ (अक्षेरेपी रु. एकाउन्न लाख) पु¥याउने लक्ष्य लिएको छ भने हाललाई रु.५,००,००० —÷ (अक्षेरेपी रु. पाच लाख) प्ररम्भिक कोष घोषण गरि नेपाली कलाकारीता क्षेत्रमा चलचित्र, टेलीचलचित्र,रंगमन्च मार्फत आफ्नो जीवनकालभर पु¥याएको योगदानको ऐतिहासिकता,निरन्तरता, प्रभावकारिता, श्रृजनशीलता र मौलिकतालाई कलाको माध्यमद्धारा प्रर्दशन गर्न सक्ने हास्यव्यंग्य एक मुधन्र्य स्रष्ट नेपालीलाई साम्दे शेर्पा राष्ट्रिय पुरस्कार,समाज रुपान्तरण्लाई मध्य नजर राखी वर्तमान हास्यव्यंग्य कलाजगतको प्रतिनिधीत्व गर्ने एक चर्चित कलाकारलाई साम्दे शेर्पा प्रतिभा पुरस्कार र नेपाली र शेर्पा कालकारितामा जीवन सम्पर्ण गर्ने एक शेर्पा कलाकारलाई साम्दे शेर्पा स्मृति पुरस्कार प्रदान गर्दै आएको छ । त्यसै गरी विविन जिल्लाहरुमा “ श्याबु्र तथा शेर्पा भाषा प्रशिक्षण” कार्यक्रम सन्चालन गर्दै आईरहेको छ ।नेपाल सरकार र शेर्पा समूदायका अग्रज विशिष्ट व्यक्तिहरुको सहभागिता र सामाजिक जागरणका साथ खोलिएका सबै शेर्पा संघ संस्था तथा किदुगहरुको उल्लेखीय सहभागितामा आयोजना भएको सो कार्यक्रमले नेपाली सँस्कारसँस्कृति एकतालाई उर्जा दिने महत्वपुर्ण भुमिका खेलिरहेको छ । कार्यक्रम आयोजनाकै सन्दर्भमा शेर्पा जातिको भेषभुषा, कला संस्कृति र परम्परागत मुल्य र मान्यताहरूको विकास गर्ने साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा प्रवद्धर्न गर्ने कुराहरूलाई मध्य नजर गर्दै व्यवहारिक वनाउन कार्यक्रम स्थलमा विभिन्न शेर्पा फुड स्टलहरू रहने र शेर्पा मौलिक भेषभुषालाई प्रोत्साहित गर्न कार्यक्रममा शेर्पा मौलिक भेषभुषामा आउने व्यवस्था गरिने जस्ता कार्यक्रम्लाई जोडिएर नेपाली सँस्कृति प्रतिको सम्मानभावलाई सबैमा बोध गराउने प्रयास पनि हाम्रो निरन्तर रहेको छ ।
हिमालयन शेर्पा संस्कृतिक केन्द्रले शेर्पा जातिको सँस्कारसँस्कृतिलाई केन्द्रविन्दुमा राखेर वार्षिक रुपमा ग्याल्पो लोसारको अवसरमा आयोजन गरेका विभिन्न कार्ययोजनाहरूमा हामी धेरै हदसम्म सफल भएका छौं । नेपाली शेर्पा जातिको सँस्कारसँस्कृति प्रति संवेदनशील र चिन्तित नेपाल सरकार र शेर्पा समुदायका अग्रज महानुभावज्यूहरू तथा शेर्पा समूदायप्रति सम्मानभाव राख्नुहुने विभिन्न संघ सस्था साथै देश तथा बिदेशमा छरिएर रहेका सहयोगि महानुभावहरुको सहयोग र सकरात्मक सल्लाह सुझावबाट नै हामीले संस्थाको उद्देश्यमा रहेर सफलतापूर्वक कार्यहरू गर्दै आइरहेका छौं । विगतका दिनहरूमा यहाँहरूले गर्नुभएको सहयोगप्रति हिमालयन शेर्पा सांस्कृतिक केन्द्र हार्दिक आभार व्यक्त गर्दै भावी दिनहरुमा पनि सस्थाले ग्याल्पो लोसारको अवसरमा आयोजन हुने कार्यक्रम साथै सस्थाको उद्देश्य प्रप्तीको खातिर वार्षिक रुपमा आयोजन हुने सम्पुर्ण कार्यक्रमहरुमा यहाँहरुको सहयोग र सकरात्मक सल्लाह, सुझावको सदैव अपेक्ष गर्दछौ ।


सेर्कु शेर्पा
महासचिव
हिमालयन शेर्पा साँस्कृतिक केन्द्र
बौद्ध टुसाल, काठमाण्डौं
नेपाल