किन भन्नुभयो भगवान बुद्धले आफुले भनेको पनि नमान्नु भनी

0
3153

धर्म प्रचारका निम्ति विभिन्न ठाँउमा जाने क्रममा एक पटक भगवान् बुद्ध कालमहरूको बस्तीमा पुग्नुभयो । त्यहाँ पुग्दा बुद्ध ५०० जना शिष्यहरूको साथमा हुनुहुन्थ्यो । कालमहरूको बस्तीमा पुगेपछि त्यहाँ सम्बोधि प्राप्त गुरुको आगमनले चर्चा पायो । बुद्धको प्रवचन सुन्न सयौँ मानिस जम्मा भए ।
बिहानको समय थियो र प्रवचनको क्रम सुरु हुन लागेको थियो । यत्तिकैमा कालम समुदायका प्रमुखले बुद्धलाई प्रश्न गरे, “हे गुरु, तपार्इँ सम्बोधि प्राप्त हुनुहुन्छ भनेर हामीले सुनेका छौ । हे बुद्ध, यहाँ तपाईँजस्ता धर्मज्ञ गुरुहरू धेरै आउनुहुन्छ । सबैले आप्mना धर्म नै ठुलो भएको कुरा बताउनुहुन्छ । हामीले यो बुभ्mन सकेका छैनौँ, हामीलाई बताउनुहोस् कि साँचो धर्म भनेको के हो ? हामीले कसरी चिन्ने कि कुन धर्म साँचो हो र कुन धर्म झुठो हो भनेर ?”
बुद्धले मुस्कुराउँदै भन्नुभयो, “हे कालम, सुन्नुहोस् । कसैले पनि मेरो धर्म ठुलो हो भनेर भन्दैमा नमान्नू । आपूmभन्दा ठुलाले भन्दैमा पनि नमान्नू । कसैले राम्रोसँग भन्दैमा पनि नमान्नू । आकर्षक व्यक्तिले भनेको हो भन्दैमा पनि नमान्नू । यो कुरा आपूmभन्दा विद्वान्ले भनेको हो भनेर पनि नमान्नू । यो मान्छे मैले मान्ने मान्छे हो यसले भनेको मान्नुपर्छ भन्दैमा पनि नमान्नू । कुनै मानिसले नौलो कुरा ग¥यो भन्दैमा पनि नमान्नू । तपाईँको सोचभन्दा बाहिरको कुरा ग¥यो भन्दैमा पनि नमान्नू । कसैले तर्क वितर्कका कुरा गरे भन्दैमा पनि नमान्नू । संसार साराले मानेको कुरा हो, अरुले मानेका छन्, त्यसैले मैले पनि मान्नुपर्छ भनेर पनि नमान्नू । पहिल्यैदेखि मान्दै आएको कुरा हो भनेर पनि नमान्नू । स्वयम् म सम्बोधि प्राप्त बुद्धले भनेका कुरा पनि नमान्नू । कुनै कुरा मान्नुअघि आफैँ जान्नू । तपाईँ आफैले सबै कुरा जानिसकेपछि प्रश्न छ भने तपाईँसँग उत्तर पनि हुन्छ । सच्चा धर्म भनेको त्यो हो जसले प्रत्यक्ष अनुभव गराउँछ ।”
त्यसपछि बुद्धको ज्ञानका बारेमा कालमहरूलाई थाहा भयो र उनीहरू साँचो गुरु पाएकामा खुसी भए । त्यहाँ कोही बुद्धका शिष्य बने भने कोही उपासक बने । उपासक बन्नेहरू पनि शिष्य त बन्न चाहान्थे तर उनीहरूको पारिवारिक जिम्मेवारीका कारण घर त्याग्न सक्दैनथे । यसरी त्यहाँ पनि बुद्धले शान्तिको ज्ञान दिएर फर्कनुभयो ।