पिके गेलेक दर्ग्यलिंग छोक्पा गोली र ओर्गेन साङाग क्षोलिङ गुम्बाको बार्षिक साधारणसभा

0
2733

मंसिर २५, २०७३

पिके गेलेक दर्ग्यलिंग छोक्पा गोलीको पांचौ बार्षिक साधारणसभा र श्री ओर्गेन साङाग क्षोलिङ गुम्बाको प्रथम् बार्षिक साधारणसभा आज मिति २०७३ साल मंसिर २५ गते शनिबार आदरणिय धर्मगुरु लामा ङवाङ लेक्टु शेर्पाको प्रमुख अथित्यमा पिके गेलेक दर्ग्यलिंग छोक्पा गोलीको अध्यक्ष फुर्पा गेल्जेन शेर्पाको अध्यक्षतामा सान साराङ कोरियन रेष्टुरेन्टमा सम्पन्न भयो । कार्यक्रममा लोपेन लामा तेन्जिङ, लोपेन जिक्टल,गोली गाबिसका पुर्व अध्यक्ष तेण्डी शेर्पा, वयोवृद्ध पासाङ दावा शेर्पा,पुला लामा, आङ दामी शेर्पा,कलाकार डोल्म ह्योल्मो,गायक फुरी शेर्पा लगाएतको उपस्थिती थियो । साधारण सभामा श्री ओर्गेन साङाग क्षोलिङ गुम्बाको बार्षिक प्रतिवेदन गुम्बाको सचिव छिरिङ शेर्पा र पिके गेलेक दर्ग्यलिंग छोक्पा गोलीको प्रतिवेदन छोक्पाको सचिब आङ पेम्बा शेर्पाले प्रस्तुत गर्नु भएको थियो भने छोक्पा र गुम्बाको आय तथा व्ययको विवरणहरु पनि प्रस्तुत गरिएको थियो । साधारणसभाको अवसरमा छोक्पाकै सदस्य दावा छिरि शेर्पाले निर्माण गरिएको शेर्पा भाषाको नया एल्बम नेला साङपोको पनि बिमोचन गएिको थियो ।

श्री ओर्गेन साङाग क्षोलिङ गुम्बाको प्रथम् बार्षिक साधारणसभा गत २०७२ सालमा गएको विनासकारी भुकम्पबाट क्षतिग्रस्त गुम्बाको पुननिर्माण सम्बन्धी कार्य थलनी गर्नको लागि गुम्बाको अध्यक्ष श्री लामा ङवाङ लेक्टु शेर्पा र उपाध्यक्ष श्री आङ तेन्जिङ लामाबाट अर्थिक संकलणको थलनी गरियो भने अन्य विभिन्न व्यक्तिहरुबाट पनि आर्थिक सहयोग उपलब्ध गराउने प्रतिवद्धता गरियो । २०६८ सालमा स्थापन भएको पिके गेलेक दर्ग्यलिंग छोक्पा गोलीले आफनो छोक्पाको सदस्यहरुको परिवरमा कोही कसैको मृत्यू भएमा छोक्पाको सदस्यहरुको अनिवर्यमा उपस्थिती गराउने र मृत्यूको समयमा छोवाको सट्टमा छोक्पाको सदस्यहरुले अनिवर्य रुपमा रु ५००। उठाउदै आएको छ भने ल्होसारको समयमा छोक्पाको परिवरको सदस्यहरुको अनिवर्य र छोरीचेली परिवरको सदस्यहरुको एैच्छिक सहभागीतामा ल्हप्सो संचालण गर्दै आएको छ ।