राष्ट्रिय जनगणना २०७८ सम्बन्धी सचेतना कार्यक्रममा सम्पन्न

0
1368
काठमाडौँ, चैत्र ७
नेपाल बौद्ध महासंघको आयोजनामा राष्ट्रिय जनगणना २०७८ सम्बन्धी सचेतना कार्यक्रममा विभिन्न गोन्पा, धार्मिक, सामाजिक संघसंस्थाका प्रतिनिधिहरूको उपस्थितिमा सम्पन्न भएको छ ।
शनिवार बौद्ध गार्डेन भान्सा घर, भूवलडाँडा, तिनचुलीमा भएको कार्यक्रममा प्रमुख वक्ताको रूपमा पूर्व मन्त्री तथा नेपाल बौद्ध महासंघका सल्लाहकार डा. केशवमान शाक्य र नेपाल शेर्पा संघका उपाध्यक्ष तथा शिक्षा, स्वास्थ्य तथा जनसङ्ख्या विभागका प्रमुख दावा शेर्पा दुई जनाले राष्ट्रिय जनगणना २०७८ मा बौद्धमार्गीहरूले खेल्नु पर्ने भूमिका विषयमा सहजीकरण गर्नु भएको थियो । प्रमुख वक्ताहरूको मन्तव्य पश्चात् उपस्थित गोन्पा तथा संघसंस्थाको प्रतिनिधिहरूले पनि राष्ट्रिय जनगणना सम्बन्धी आफ्नो विचार राखिएका थिए ।