विश्व शान्तिको कामना गर्दै ताप्लेजुङमा छैठौ पटक ञ्युङने ब्रत ,

0
30

ताप्लेजुङ,   दावा शेर्पा,
१३ असोज
ताप्लेजुङको मेरिङदेन २ सान्थाक्राको खाम्साक्पामा ञ्युङने (निराहार ब्रत)सुरु भएको छ । अस्टमीदेखि तीन दिन सम्म सञ्चालन हुने ञ्युङने असोज १४ गते समापन हुनेछ । लामा दावा ओङजु शेर्पाको अगुवाईमा विगत २०६९ सालदेखि यो ब्रत आफ्नै निजी घरमा सञ्चालन गर्दै आईरहेको छ । ञ्युङने ब्रतको सुरु गर्दा ४५ जना सहभागी भएको थियो । अहिले ८५ जना ब्रतालुहरु ञ्युङने बसी रहेका छन् । सान्थाक्रामा कुनै पनि सार्वजानिक गोन्पा नभएकोले पनि आफ्नो निजी घरमा सञ्चालन गर्दै आएको लामा बताउनु हुन्छ । आफ्नो परिवारको एकल लगानी र ब्रत बस्न आएको ब्रतालुहरुको सहयोगमा यो पूजा सञ्चालन गर्दै आएको हो । दक्षिण भारतको नाम्ड्रोलिङ बौद्ध विश्व विद्यालयमा अध्ययन गरी इलामको माबुमा तीन बर्षको लोसुम तपस्या बसी गाउँ पर्किए पछि लामाले गाउँमा बौद्ध धर्मको धार्मिक परिवर्तनको लागि उदाहरणिय कामहरु आरम्भ गरेका हुन । विगतमा कुनै मानिसको मृत्यु भएमा मृतकको लास निकाली सके पछिको कालो बर्खन्त र घेवा (सुद्धाई कार्य) मा मासु नभई नहुने परम्परालाई समेत लामाले परिवर्तन गरेका छन् । घरमा पूजा हुदा सोही दिन लामा घर पूजा र झाक्रीलाई गोठ पूजा गरी प्राणी हत्या गर्ने चलनलाई समेत निरुत्चाहित गर्दै लगेका छन् । तथापी पुस्तौदेखि धामी झाक्रीमा आस्था राख्दै आएको मानिसको सोचाईमा एकै पटकमा परिवर्तन गर्न निकै चुनौतीपूर्ण रहेको लामाको भनाई छ । लामा दावा ओङजुले बुद्धजयन्तीको अवसरमा गाउँभरी त्रिपिटक परिक्रमा (छ्योकोर)आयोजना गर्दै आएको छ । सामाजिक सत्भाव र एकताको लागि सामुहिक लोसार समेत आयोजना गर्दै आएको छ ।


अष्टशिलको पालना गर्दै, विश्व शान्तिको कामना र कयौ जन्ममा गरेको पापबाट मुक्ति होस भनी कामना गर्र्दै सामुहिकरुपमा बस्ने ब्रत हो । सतमीको दिन साझमा भेला भई अस्टमीको विहानै रिमरिममा रिन्पोक्षे, खेम्पो वा लामा गुरुबाट शिल ग्रहण गरे पछि ञ्युङने ब्रत आरम्भ हुन्छ । त्यस दिन १२ बजे अघि खाना खाइसके पछि केही खान मिल्दैन । चपाउने नपर्ने चिया जस्ता पिय पदार्थ भने खान मिल्ने कुरा लामा गुरु शेर्पाले बताउनु हुन्छ । भोली पल्ट अर्थात नौवमीको दिन विहानै लामा गुरुहरुबाट पुन त्यस दिनको शिल ग्रहण पश्चात दिनभरी नबोली र नखाई (कुक्पा) ब्रत बस्नु पर्छ । कुक्पाको अर्थ बोली नआउने भन्ने हो । बोली नआउने जस्तै भएर दिन भरी पानी पनि नपिई बस्नु पर्छ । त्यसको भोली पल्ट विहानै लामाले विधि पुर्वक पूजा आजा गरे लामा गुरुबाट ठूइ (अमृत जल) ग्रहण गरे पछि दशमीको दिन विधिवत ञ्युङने मौन ब्रत समापन हुन्छ ।
यो ब्रत साना बालक, महिला, युवा, बृद्धा सवैले बस्ने पाउछन् । बालक, बृद्धा र रोगीहरुले भने दिनको एक छाक खाएर पनि ब्रत बस्ने गर्दछ । ञ्युङने अवधि भर ब्रतालुले लोकेश्वरको पुजा गर्दै ढोग गर्नु पर्छ । ९२ बर्षकी साङ्गे खाङडु शेर्पा पनि ञ्युङ्ने ब्रत बस्नु भएको छ । तपाई किन ब्रत बसेको भनी सोध्दार्, मेरो सवै दुःख बिमार ठिक होस भनी बसेको बताउछ ।’ अरु साथी दशैको रमाईलोमा खेल्ने घुम्ने भए पनि करिब २०÷२५ जना बालबलिकाहरु खाना समेत नखाई बर्त बसेको छन् । धरानको कार्मेल बोर्डिङ स्कुलमा अध्ययरत ९ बर्षे मिङमा छिरिङ शेर्पा पनि सोही स्कुलका ५ जना साथीहरुसंग ब्रत लिएका छन् । दशैमा घर आएको बेला दिदिले बसौ भन्नु भयो र बसेको तर रमाईलो लागेका बताउछन् ।
ञ्युङने ब्रत बस्दा कयौ जन्मको पापबाट मुक्ति मिल्ने धार्मिक विस्वास बौद्धधर्मलम्बीहरुको रहेको छ । नेपाल शेर्पा संघका पुर्व केन्द्रिय सदस्य मातृका शेर्पा विगत ६ बर्षदेखि सान्थाक्रामा निरन्तर ञ्युङने बस्दै आउनु भएको छ । वहा भन्नु हुन्छर्, आफुले गरेको पापको प्रायचित गर्न, आत्म शान्ति र हिन्दुधर्मलम्बीहरुले दशै तिहार जस्तो चाडमा हत्या गरिएका पाणीको उद्धारको लागि समेत यो ब्रत बसेको हु ।’ शेर्पा अगाडी भन्नु हुन्छर्, विगतमा यहाँका शेर्पा समुदायमा लोसार, ञ्युङने भन्ने कुरा नै थाहा थिएन । हामी पनि सानोमा दशै तिहार भने पछि खुप रमाइलो लाग्थ्यो । विस्तारै सामाजिक र राजनितिक चेतनाको विकाससंगै आफ्नो भाषा, धर्म, संस्कार संस्कृति संरक्षण, सम्वद्र्धन र विकास गर्न थाले । अधिकारहरु स्थापित गर्न अग्रसर हुनु थाले । अझ लामा दावा ओङजु यो गाउँमा आउनु भएको पछि वहाँले धार्मिकरुपमा गर्नु भएको परिवर्तन बर्णन योग्य छ ।’
ञ्युङनेको अवसरमा गुरुहरुले दिने धार्मिक प्रवचनले धर्म भित्रका गलत परम्परा र प्रथाहरुलाई सुधार्दै लान अवसर मिल्ने ब्रत बस्न आउनु भएका ताप्लेजुङ शेर्पा समाजको उपाध्यक्ष समेत रहेका लामा दादोर्ची शेर्पा बताउनु हुन्छ । अवका दिनमा यो ब्रत सामुहकिरण गर्दै निरन्तरता दिनु पर्ने धारणा ताप्लेजुङ शेर्पा समाजको अध्यक्ष दावा नावा शेर्पा बताउनु हुन्छ । अध्यक्ष शेर्पाले भन्नु भयोर्, यसले युवा पुस्तालाई समेत आकर्षित गरेको छ । हत्या, हिंसा र अशान्तिले आक्रान्त हुदै गएका नेपाल र विश्वलाई नेपाली माटोमा जन्मिएर विश्व मानवलाई शान्तिको मार्गमा डो¥याउन सफल वौंद्ध दर्शनको संरक्षण तथा सम्वद्र्धन गर्नु आम बौद्ध मार्गीहरुको दायित्व हो ।