शेर्पा गुम्बा एक सेवा समाजिक संस्था हो

0
27

आङ ग्याल्जी शेर्पा
शेर्पा गुम्बा एक सेवा समाजिक संस्था हो
शेर्पा गुम्बाका महासचिव आङ गेल्जी शेर्पा यतिवेला सामाजिक कार्यमा व्यस्त हुनुहुन्छ । शेर्पा गुम्बामा धेरै जसो भईरहने कार्यहरुमा सेवा पुराउन नै उहाँ व्यस्त देखिनुहुन्छ । शेर्पा समुदायलाई सेवा प्रदान गर्न स्थापना भएको शेर्पा गुम्बाको सातौ अधिवेशनबाट उहाँ महासचिवमा पदमा नियूक्त हुनुभएको करीव १ वर्ष नाग्यो । २००३ बाट आजीवन सदस्य भएर उहाँ सामाजिक कार्यमा संलग्न हुन थाल्नुभएको हो भने गुम्बाको कार्यसमितीमा रहनुभएको ६ वर्ष भयो । घरेलु तथा साना उद्योग संघ काठमाडौका उपाध्यक्ष समेत रहनुभएका शेर्पासँग हामीले शेर्पा गुम्बाले गर्दै आएको विभिन्न कार्यक्रमहरुसँग सम्बन्धीत कुराकानी गरेका थियौ, प्रस्तुत छ, सहकर्मी ओम विक्रम लम्सालले गर्नुभएको कुराकानी जस्ताको त्यस्तै ः

शेर्पा गुम्बाको परिचय दिनुहोस न ?
खास त सामाजिक कार्य गर्न कै लागी बनाएको गुम्बा हो यो । पहाडहरु बाट, टाडा टाडाबाट आएका शेर्पाहरुलाई सेवा दिनकै लागी बनाइएको गुम्ब हो यो । पहिले यो गुम्बा स्थापना चाहिँ मानिसहरु मर्दा सजिलोहोस भनेर स्थापना गरीएको रहेछ । हाम्रो संस्कारमा कस्तो हुने भन्दा मानिसहरु मरेपछि २ दिन तीन रात राख्नु पर्ने हुन्छ । यो कार्यहरु यसै गुम्बा बनाएर गर्योभने सजिलो पनि हुने भनेर यो गुम्बाको स्थापना भएको हो । त्यसको साथै धार्मिक कार्यक्रम पनि हुन्छ । यो सेवा मुलक मात्र हो । २९ दिने कार्यक्रम, भयो ४९ दिने कार्यक्रमहरु भयो मानिसहरु मर्दाको कार्यक्रम भयो यी सबै हाम्रो जिवनमा नगरी नहुने भएकोले यो सेवा यसै गुम्बाले प्रदान गरिरहेको छ र यस गुम्बामा नेपालका तथा विदेशका जुनसुकै शेर्पाहरु आएर सेवा लिनसक्नुहुने छ । त्यसको साथै हामीले बृद्ध मिलन केन्द्र पनि सञ्चालनमा ल्याएका छौ ।
अहिले कस्तो कस्तो खालको कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ ?
हामीले भर्खरे मात्र ङोण्डो पुजा सम्पन्न गरेका छौ । त्यसको साथै शेर्पा गुम्बाको नौ वटा कार्यक्रमहरु छन् । ती कार्यक्रमहरु सम्पन्न गर्नको लागी पनि भिन्न भिन्न समुहहरु छन् । ती समुहहरुले नै कसरी आर्थिक व्यवस्थापन गर्ने, कहिले गर्ने, कसरी गर्ने भन्ने कुरा चाहिँ समुहहरुले नै गर्छन् । हामीले यो ठाउँ उपलब्ध गराइदिने हो, यदि कार्यक्रम गरेर पैसाहरु रह्यो भने त्यो शेर्पा गुम्बाको खातामा जान्छ । यसरी नौ वटा कार्यक्रमहरुको नौ वटा नै टिम छ । नौ वटा समुहले आफ्नो आफ्नो कार्यहरु सम्पादन गर्ने गर्दछन् ।
गुम्बाले संस्कार, संस्कृती र भाषाको सम्बन्धमा कस्तो कस्तो खालका गतिविधिहरु गरिरहेको छ ?
भाषाको सम्बन्धमा भन्नुपर्दा चाहिँ हामीले सम्भोटा लिपी पढाउने भनेर कक्षाहरु सञ्चालन गर्दै छौ । त्यो चाहिँ सायद एक, दुई महिना पछि सुरु गर्दै छौ । पचास जना अट्ने एउटा कोठा बनाईसकेका छौ । अव त्यसमा रंग रोगन गरेर त्यस कोठामा सुरु गर्ने भनेका छौ । त्यसमा जो कोहि मानिसहरु पनि आएर सहभागीता जनाउन सक्छन् ।
जो शेर्पाहरुको न्यून आम्दानी छ, उनीहरुलाई गुम्बामा विभिन्न कार्यक्रमको आयोजना गर्नलाई गाह्रो होला, उहाँहरुलाई गुम्बाको तर्फबाछ कसरी सहयोग गरिरहनुभएको छ ।
मानिस मर्दा यहाँ राख्ने चाहिँ फ्रि मै हो । जुन तीन दिन सम्म राख्नुपर्ने हुन्छ । जुन यो घेवा को कुरा छ त्यसमा न्यनतम गर्नु पर्ने कुरा छ । त्यो हाम्रो समाजका मानिसहरुले पनि कुराहरु उठाइरहनुभएको छ । यो साह्रै महगों भाएको छ, त्यो कुरा विकृती हो जस्तो पनि लाग्छ । त्यसमा हामीले नै न्यूनतम गरिएन भने अव आउने पिडीलाई पनि गाह्रो हुन्छ । अहिले पनि कतिपय मानिसहरुलाई दुःख नै छ । त्यसैले यस कुराहरुमा परिवर्तन ल्याउन हामीले धर्मगुरुहरुसँग पनि कुराहरु गरेका थियौ । यसमा एकै पटकमा परिवर्तन ल्याउन त असम्भव छ । यसलाई केहि विषयगत कुराहरु हामीले उठान गरिसकेका छौ । सायद यसको उपलब्धि होला । सबैलाई पर्ने कुरा हो । पक्कै अव यसमा परवर्तन आउछ ।
तपाँईहरुले बृद्ध मिलन केन्द्र पनि सञ्चालन गर्नुभएको छ । बृद्धहरुलाई के कसरी सेवा सुविधाहरु दिई रहनुभएको छ ?
उहाँहरुलाई सुविधाको लागी टि.भी.को व्यवस्था गरेका छौ । भने उहाँहरुको अक्षयकोष भनेर छ । आङ दोर्जे स्कृति कोषबाट दश लाख रुपैया प्रदान गर्नुभएको छ । आङ दोर्जे शेर्पाका छोरा पासाङ शेर्पा लामाले उक्त रकम प्रदान गरेर जानुभएको हो । त्यसको व्याजबाट जे जस्तो पुग्छ चिया खाजा दिने, कुनै नजिकै तिर्थस्थलहरुमा मासिक रुपमा घुमाउन लैजाने गाडी रिर्जभ गरेर त्यो व्यवस्था गर्न लागेका छौ ।
कति उमेर समुहहरुलाई बृद्धको कार्ड दिइरहनुभएको छ ?
हामीले बृद्धहरुलाई कार्ड वितरण् गरेको संख्या चाहिँ करिव ३०० जति वितरण गरेका छौे । सबै बृद्धहरु त आउन सक्नुभएको छैन् । हामीले ६५ वर्ष भन्दा माथिका मानिसहरुलाई बृद्धको रुपमा लिएर कार्ड वितरण गरेका छौ । उहाँहरु चाँहि पचहत्तरै जिल्लाबाट हुनुहुन्छ, उहाँहरु काठमाडौमा बसेपनि प्रतिनिधित्व चाँहि पचहत्तरै जिल्लाबाट छ यहाँ । हाम्रो बढि ध्यान भने आर्थिक अवस्था कमजोर भएका बृद्धहरु तिर हुन्छ । किनभने यो गुम्बा समाजिक कार्य गर्ने गुम्बा हो । आर्थिक अवस्था राम्रो भएका बृद्धहरुले त आफ्नो तर्फबाट खाना खाजाहरु ख्ुावाउनुहुन्छ ।
आर्थिक अवस्था कमजोर भएका व्यक्तिहरुले गुम्बाले उपलब्ध गराएको हलहरु अत्यन्तै महंगो भयो भन्नुहुन्छ नी यसमा के भन्नुहुन्छ ?
जो व्यक्तिको आर्थिक अवस्था राम्रो छ, सम्पन्न छन् उनीहरुका लागी शेर्पा गुम्बाले उपलब्ध गराएको तल्लो हल छ, किनभने यस्ता मानिसहरुले धेरै मानिस बोलाउछन् धेरै मानिसहरु अट्ने हल चाहियो त्यो हलको २५ हजार छ । जो मानिसहरुको अवस्था अलि कमजोर छ, उसले मानिसहरु बोलाउने भनेको ३ सय, ४ सय हो, उसले पनि न्यून आय भएपछि धेरै मानिस बोलाउनु भएन नी, त्यसैले ३ सय, ४ सय मानिस अट्ने हलको भाडा जम्मा १० हजार राखेका छौ । यो अत्यन्तै न्यून नै हो जस्तो लाग्छ । किनभने हामीले पनि भाडा दिनुपर्छ । त्यसैले आफ्नो अवस्था हेरेर पनि कार्यहरु गर्नुपर्ने हुन्छ । त्यो हलको भाडा १० हजार राखेकै न्यून आय भएका व्यक्तिहरुलाई लक्षित गरेर हो । हाम्रो गुम्बामा पनि खर्च ८० हजार देखि १ लाख सम्मको मासिक खर्च छ, त्यसलाई पनि व्यवस्थापन गर्नैपर्यो । यसमा घटाउने भन्ने कुरा चाहिँ छैन् । किनभने गुम्बाको खर्च पनि धेरै नै छ । हामीलाई बचत भएदेखि घटाउने भन्ने हो । अहिले यसरी नै चलाएका छौ ।
शेर्पा गुम्बाका भावी योजनाहरु के के छन् ?
पहिलो कार्य हाम्रो अण्डरग्राउण्ड विल्डिङलाई माथी भवनहरु थप्नुपर्ने छ । त्यसमा टाढा टाढाबाट आएका शेर्पाहरुलाई पनि एक दुई रात बस्ने व्यवस्था मिलाउन गईरहेका छौ । अर्को कुरा सम्भोटा पढाउने त्यसको पनि कुरा छ । त्यस्तै विविध कुराहरु छन् । हाम्रो बहिर गएर कार्यक्रमहरु गर्ने भन्ने चाँहि छनै । यहि आएका समस्या परेका शेर्पाहरुलाई सेवा सुविधाहरु उपलब्ध गराउने गछौ । धन्यवाद ।