शान्तिको सन्देश फैलाउन मेरो योगदान रहिरहने छ

0
27

शान्तिको सन्देश फैलाउन मेरो योगदान रहिरहने छ

भर्खरै मात्र नेपाल बौद्ध महासंघको चौथो महाधिवेशन सम्पन्न भयो । महाधिवेशनले तेस्रो कार्यकाल पुरा गर्नुभएका गेशे थुप्तेन जिग्डोल ज्यूलाई विदाई दिंदै आचार्य कर्मा रिन्जिनको अध्यक्षतामा १३ सदस्यीय कार्य समिति चयन गरेको छ । तीन वर्षको आफ्नो तेस्रो कार्यकाल सफलताका साथमा सम्पन्न गर्नुभएका गेशे थुप्तेन जिग्डोल ज्यूलाई हामीले उहाँको कार्यकालमा सम्पन्न भएका विभिन्न कार्यक्रमहरु र उहाँका कार्यकालका विषयमा रहेर कुराकानी गरेका थियौ । प्रस्तुत छ, बुद्ध दर्शन मासिक पत्रिकाका पत्रकार ओम विक्रम लम्सालले गरेको कुराकानी जस्ताको त्यस्तै :

१. तपाँई नेपाल बौद्ध महासघंको तेस्रो कार्यकालको अध्यक्षमा चएन भएपछि कुन कार्यलाई प्राथमिकता दिनुभयो ?
मैले तेस्रो कार्यकालमा चएन भएपछि मुख्यतः नोपल बौद्ध महासघंको आफ्नौ उद्देश्य छ त्यसैमा नै मैले प्रयास गरेको हुँ । त्यसमा पनि बौद्धको शिक्षा बौद्धको धर्म संस्कार त्यस्तै गरेर हाम्रो आधिकारहरुको कुराहरु, विषेश गरी तीन वटा क्षेत्रहरुमा जोड दिएका छौ ।

२. तपाँईको कार्यकालमा कुन–कुन कार्यहरु सफल पार्नुभयो ?
यसमा मेरो कार्यकाल भन्दा पनि नेपाल बौद्ध महासघं स्थापना देखि नै म यसमा संलग्न थिए । त्यसमा विषेश गरी मेरो कार्यकालमा भन्दा फेरी ठुलो उपलब्धी भनेको गुम्बा शिक्षालाई १० सम्म पुराएर एस.एल.सी. दिने कार्य भएको छ इतिहासमा पहिलो चोटी । त्यस्तै गरी विभिन्न बौद्ध धर्मालम्बी भित्र पनि त्रि–यान भित्र एउटा सम्झौता, सहकार्यको एउटा साझा संस्था पनि गठन भएको छ । यो एउटा ठुलो उपलब्धी हो । त्यस्तै हाम्रो धर्मनिरपेक्ष सम्बन्धी जो विभिन्न धर्मावलम्बीसँग सहकार्य गरेर जो एउटा कार्य गर्न सक्यौ त्यो पनि महत्वपुर्ण उपलब्धी हो । यी महत्वपुर्ण कार्यहरु हुन भने त्यो लगायत विभिन्न कार्यहरु पनि भएका छन् ।

३. हजुरले कार्यहरु गर्दै गर्दा गैर–बौद्धिष्टहरुबाट के के साथ र सहयोग पाउनुभयो ?
विषेशगरी साथ र सहयोग भन्नाले सबैको धर्म प्रति एक आपसमा धार्मिक सहिष्षुणता थियो । विगतका दिनहरु देखि नै हामीमा धार्मिक सहिष्षुणता थियो, जातिय सहिष्षुणता थियो अहिलेका दिनहरुमा त्यसमा अझ थप बढि भएको छ । अरु सबै धर्मालम्बीहरुबाट पनि विभिन्न साँकृतिक कार्यक्रममा, आफ्नो वार्षिक सभा कार्यक्रमहरुमा सहकार्य गर्ने, हामीलाई पनि निमन्त्रणा गर्ने गरेर त्यहाँको पनि बुझ्ने अवसर प्राप्त भयो । त्यस्तो खालको हामीहरुले सहयोगहरु पायौँ । त्यस्तैगरी हामीले धर्मनिरपेक्षको लागी सबै धर्मालम्बी भएर एक साथ भएर हामी लड्यौ यो पनि एउटा हाम्रो सहकार्य हो । त्यसकारणले गर्दा सबै जातजातिबाट, सबै धर्मावलम्बीबाट, नेपाल बौद्ध महासघंलाई सकेसम्म सहयोग मैले प्राप्त गरेको छु र हामीले पनि सहयोग गर्ने मौका पायौँ ।

aaaaaaaaaaaaaaaaa

४. तपाँईको कार्यकालमा तपाँईले गरेका कार्यहरु मध्ये आफैलाई गर्वअनुभूति भएको कार्य कुन हो ?
त्यसरी सरसर्ती भन्दा फेरी, हुन त आफैले गरेको सबै काममा गर्व नै लाग्छ । त्यहि पनि मुख्य रुपमा अघि मैले भने शिक्षाको क्षेत्रमा गरेको कार्यले एउटा ठुलो गर्व लाग्छ । किन भन्दा फेरी विगतका दिनहरुमा बौद्धको शिक्षा जसरी ओझेलमा परेका थिए । बुद्ध जन्मिएको देश नेपालमा जसरी हामीले बुद्धको शिक्षा फैलाउनु पथ्र्यो, त्यो अनुसारले नफैलिनुको अवस्थामा अहिले सामान्य आम नागरीकहरुलाई पनि सर्वसुलभ ढंगले अध्ययन गर्ने वातावरण हामीले पैदा गरेका छौ त्यो पनि एउटा ठुलो गर्वको महशुस भएको छ । त्यस्तै नेपालमा भएको विभिन्न धर्मावलम्बीहरु बीचमा एकता कायम गरेर अघि बढ्ने एउटा सहकार्यहरु गर्ने त्यो पनि ठुलो उपलब्धी भएको छ । त्यस्तै हाम्रो बौद्धधर्मावलम्बी भित्र पनि त्रि–यान (महायान, थेरावाद, बज्रयान) भित्र पनि एउटा सहकार्य गरेर अगाडी बढ्ने एक किसिमको हाम्रो साझा छाता संगठन भएको छ । त्यस्तै अन्तराष्ट्रिय बौद्ध परिसघं नेपाल (आई.बी.सी) भन्ने अन्तराष्ट्रिय संगठनको नेपालको म अध्यक्ष भएर कार्य गरीरहेको छु । यी विभिन्न क्षेत्रहरुबाट हेर्दा फेरी गर्व गर्न लाएकका कुराहरु छन् जस्तो मलाई लाग्छ ।

५. नेपाल बौद्ध महासंघले महायानका चार परम्पराहरुलाई मिलाउन सफल भयो भन्छन्, यो कार्य गर्न कसरी सफल हुनुभयो ?
मिलाउने भन्दा पनि, यो शब्दलाई संसोधन गर्न चाहान्छु र सहकार्य भन्ने शब्द राख्न उपयुक्त ठान्छु । यो भन्दा पनि हाम्रो सहकार्य हामी बीच एक आपसमा जतिपनि विगतमा हामी आफ्नो आफ्नो तरीकाले कार्यहरु गथ्र्यौ त्यो कार्यहरु आज हामी साझा रुपमा गर्छौ, साझा छाता संगठनबाट, नेपाल बौद्ध महासंघबाट गर्छौ र गर्ने भनेर अगाडी बढेका छौ । हिजका दिनमा पनि हामी नमिलेको होइन, हामी बीचमा एक किसिमको राम्रो वातावरण थियो, त्यहि पनि हामीमा कार्यगत एकता कम थियो । त्यसकारणले गर्दा यो नेपाल बौद्ध महासंघ गठन भैई सकेपछि हामीले चारै परम्पराका हिमाली महायान परम्पराका बौद्ध धर्मालम्बीहरुमा कार्यगत एकता गरेर हाम्रा साझा समस्याहरुलाई सामुहिक रुपमा उठाउने र त्यसको सम्बोधन राज्यबाट गर्न लगाउने सहकार्य यसरी भएको छ । यो सहकार्य सम्भवतः यो विश्वमा भन्नुपर्छ नेपालमा पहिलो चोटि भएको छ । यो चाहिँ हामीले सबैसँग समन्वय गरीकन, धर्मगुरुहरु सँग समन्वय गरीकन हामीले यो कार्य सफल बनाउन सफल भएका छौ र आगामी दिनमा पनि अन्य नयाँ कार्य समितीबाट पनि यहि खालको परम्परालाई नै निरन्तरता होस भन्ने मैले आशा गरेको छु ।

६. अध्यक्षको पदमा रहि रहदाँ नेपाल सरकारसँग कस्तो अपेक्षा राख्नुभएको थियो र के के पुरा भयो ?
हामी नेपाल भित्र रहेर पनि नेपालका बौद्धधर्मालम्बीहरु उत्पीडनमा परिरहेका थियौ । त्यसकारणले हाम्रो आफ्नो अधिकार, हाम्रो आवाजहरु, हाम्रो धर्म संस्कृतीको, जसरी राज्यले अरु धर्मलाई हेर्ने गर्दथ्यो त्यसरी हामीलाई पनि त्यो व्यवहार गर्नुपर्छ भन्ने रुपमा आवाजहरु उठाएका थियौ र त्यस्तै बौद्धका विभिन्न समस्याहरु, जस्तैः गुम्बामा कर लागाउने देखि लिएर अन्य धेरै समस्याहरु छन् यहाँ भित्र । त्यसकारणले गर्दा फेरी यो जस्तो सहुलियत, समन्वय हामीसँग पनि हुनु पर्यो भनेर आवाज उठाउदै आएका थियौ । त्यो कार्यहरु कति कुरा पुरा भए कति कुरा पुरा हुने क्रममा छ । त्यसमा पनि नेपाल सरकारको मुख्य समस्या के देखियो भन्दा सरकार छिन–छिन मै परिवर्तन हुने, स्थिर सरकार नभैदिनाले, छोटो समयको सरकारले ठुलो निर्णय गर्न नसक्ने भएको कारणले हामीले यो क्षेत्रमा खासै उपलब्धी मुलक काम गर्न सकेका छैनौ तर आवाज चाहिँ हरेक ठाँउमा पुराएका छौ, भविष्यमा यसको सुनुवाई हुन्छ भन्ने मैले ठुलो आशा लिएको छु ।

७. हजुरको विचारमा नेपालीहरुमा बौद्ध शिक्षाको कमी हुनुमा कसको दोष देख्नुहुन्छ ?
यसमा हामी सबैको दोष हो जस्तो लाग्छ मलाई, व्यक्तिगत रुपमा कसैलाई भन्नु भन्दा पनि । एक त हामी आफै पनि जागरुक भएनौ दोस्रो कुरा गुम्बाको गुरुहरुले पनि सर्वसुलभ रुपमा मास (समाज) मा जान सकेनौ । त्यसमा राज्यको पनि केहि दोष रहेको छ । राज्यले पनि हामीलाई केहि सहजिकरण गर्नुपर्दथ्यो, त्यो विगतका दिनहरुमा कम भएका हुन् अहिले राज्यले पनि केहि महशुस गरेर शिक्षा निति मै केहि हेरफेर गर्दैछ । यसरी हेर्दा फेरी भविष्यमा मलाई लाग्छ विगतका दिनहरु जस्तो नरहला । आगामी दिनमा हामीले जसरी बुद्ध जन्मेको देश भन्छौ त्यसरी नेपालमा नेपालीहरुले बुद्धको शिक्षा हासिल गर्ने अवसर पाउने छ भन्ने आशा मैले लिएको छु ।

८. अव हजुरको भावी योजना के छ ?
भावी योजना भन्नाले, म भिक्षु भएको नाताले भन्दा बौद्ध धर्म कै साधना अभ्यास, मेरो नित्तान्त व्यक्तिगत काममा बढि लाग्छु, त्यहि पनि समाजमा यति भिजिसकेको कारणले गर्दा फेरी समाजमा अझै मैले केहि गर्नु पर्छ, केहि योगदान दिनुपर्छ भन्ने मलाई लागीरहेको छ । त्यस्तै गरेर अहिले म यो अन्तराष्ट्रिय बौद्ध परिषद् नेपालको पनि अध्यक्ष भएकोले त्यसको माध्यमबाट अन्तराष्ट्रिय क्षेत्रमा बौद्धको हक हित, बुद्ध धर्मको प्रचार प्रसार, शान्तिको सन्देश विश्वमा फैलाउनको लागी मेरो योगदान निरन्तर रहिरहने छ । म त्यसरी नै अगाडी बढिरहने छु ।

९. हामीले धेरै कुराहरु गर्र्यो अन्त्यमा केहि भन्नको लागी छुटेका कुराहरु छन् कि ?
मैले जति समेट्नु पर्ने कुराहरु तपाँईको प्रश्नमा आइसकेको छ । अन्य कुराहरु खास केहि छैन । मेरो एउटा भन्नुपर्ने कुरामा, यहाँ मेरो कार्यकालमा तपाईँ पत्रकार, मिडियाकर्मी देखि लिएर, राजनितिक कर्मी देखि लिएर, आम बौद्धमार्गी देखि लिएर, त्यस्तै गैरबौद्ध धर्मावलम्बी देखि लिएर सबै नेपाली जनताले मेरो कार्यकालमा धेरै सहयोग गर्नुभएको छ । त्यो सहयोगको लागी म हृदय देखि नै कदर गर्दै यहि पत्रिका मार्फत धन्यवाद व्यक्त गर्न चाहान्छु । त्यस्तै गरेर नेपाल बौद्ध महासंघको विगतका मेरो सहयात्री मित्रहरु हुनुहुन्छ जो मेरा कार्य समितिको सदस्यहरु हुनुहुन्छ उहाँहरु सबैको सहयोग योगदान रहेको छ । त्यसैले म व्यक्तिगतरुपमा सफल भएको भन्दा पनि यो टिमवार्क (सामुहिक कार्य) ले सफल भएको म ठान्छु त्यसकारणले उहाँहरु सबै धन्यवादको पात्र हुनुहुन्छ त्यस्तै हाम्रो नेपाल बौद्ध महासघंको कार्यलयका सचिव, कार्यलय प्रमुख देखि लिएर कार्यलयका कर्मचारी देखि लिएर सबैले सहयोग गरेकोले नेपाल बौद्ध महासंघ यो उचाईमा पुगेको छ, त्यसको लागी हृदय देखि नै म धन्यवाद दिन्छु र अन्तमा नयाँ कार्यसमिति आचार्य कर्मा रिन्जिन ज्यूको अध्यक्षतामा १३ सदस्य कार्यसमिति गठन भएको छ र त्यो पनि एकदमै भव्य र सव्य ढगंले सम्पन्न भएर उहाँहरु आउनुभएको छ । उहाँहरुलाई पनि आगामी दिनहरुमा यस्तै सफलता मिलोस भन्दै म शुभकामना व्यक्त गर्न चाहान्छु । धन्यवाद ।